+
+
Shares

युवराज ज्ञवालीको आरोप– सरकार मनपरी ढंगले अघि बढ्न खोज्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार दुई तिहाइको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउनुभएको छ ।
  • ज्ञवालीले सरकारको कार्यशैलीले संविधान र लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने आशंका व्यक्त गर्नुभएको छ ।
  • पूर्वसांसद मञ्चको कार्यक्रममा उनले सरकारको गतिविधिले निर्वाचित तानाशाहको उदय हुने खतरा बढेको भन्दै खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

१७ असार, काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन शाह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन् ।

बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा सभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गरे ।

सत्तारुढ दलले संघीयता खारेज गर्ने दस्तावेज पारित गरेको भन्दै सरकारको नियत संविधान नै समाप्त पार्ने हो कि भन्ने आशंका बलियो हुँदै गएको उनले बताए ।

‘सरकारले यस्तै गरेर जाने हो भने यो संविधानलाई नै समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका बढिरहेको छ । अनि सरकार र प्रधानमन्त्रीले मनपरी गर्न पाउने भन्ने जुन कन्सेप्ट उहाँहरूमा विकास भइरहेको छ त्यो अत्यन्त खतरनाक छ,’ उनले भने, ‘कतै निर्वाचित तानाशाहको उदय त हुने होइन ? यो प्रश्न उठिरहेको छ । म त्यसो भन्न खोजिरहेको छैन । तर स्थिति त्यतातिर जान खोजिरहेको आभास धेरैले गरिरहनुभएको छ ।’

प्रधानमन्त्री र सरकारले आफूखुसी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक चेतावनी समेत उनले दिए ।

‘अहिलेको सरकारले जुन दुई तिहाइको नाममा मनपरी गर्न खोजिरहेको छ त्यसको खबरदारी गर्नुपर्ने यो संस्थाको महत्त्वपूर्ण दायित्व हो । त्यसो भएको हुनाले कुन, कुन विषय हामी उठाउने ? कुन कुरामा हामीले खबरदारी गर्नुपर्ने हो त्यो विषयमा हामी बेला मौकामा भेटेर छलफल गरौं,’ ज्ञवालीले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?