+

युरोपियन टी-२० प्रिमियर लिग : दीपेन्द्र आम्सरडम फ्लेम्समा अनुबन्ध

२०८३ असार  १७ गते १९:१५ २०८३ असार १७ गते १९:१५

फ्लेम्सले अस्ट्रेलियाका मिचेल मार्श कप्तान रहेको यस टिमले अस्ट्रेलियाकै स्टिम स्मिथ र टिम डेविडलाई पनि अनुबन्ध गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी युरोपियन टी-२० प्रिमियर लिग खेल्न आम्सरडम फ्लेम्समा अनुबन्धित भएका छन्।
  • आम्सरडम फ्लेम्सले मिचेल मार्शको कप्तानीमा स्टिभ स्मिथ र टिम डेविडजस्ता चर्चित खेलाडीहरूसँगै ऐरीलाई टोलीमा सामेल गरेको छ।
  • रोटरडम डर्कसले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ भने यो प्रतियोगिता आईसीसीको स्वीकृतिप्राप्त पहिलो बहुराष्ट्रिय टी-२० लिग हुनेछ।

नेपाली राष्ट्रिय टी२० टोलीका कप्तान तथा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आम्सरडम फ्लेम्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् ।

फ्लेम्सले बुधबार इन्स्टाग्रामार्फत ऐरीलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।

फ्लेम्सले अस्ट्रेलियाका मिचेल मार्श कप्तान रहेको यस टिमले अस्ट्रेलियाकै स्टिम स्मिथ र टिम डेविडलाई पनि अनुबन्ध गरेको छ ।

बिहीबारै रोटरडम डर्कसले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ ।

युरोपको विभिन्न चार राष्ट्रमा आयोजना हुन लागेको युरोपियन टी-२० प्रिमियर लिग फ्रेन्चाइजमा आधारित नयाँ टी–२० क्रिकेट लिग हो ।

आईसीसीको स्वीकृति पाएको बहुराष्ट्रिय टी–२० लिगका रूपमा ईटीपीएल पहिलो प्रतियोगिता हुनेछ ।

युरोपियन टी-२० प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय