फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी फुटाउन नभई एकता कायम गर्न सबै नेताहरूलाई आग्रह गरेका छन् ।
- भरतपुरमा आयोजित ४४औँ बीपी स्मृति दिवसका अवसरमा उनले मुलुकको विकासका लागि कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
- वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
६ साउन, चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस, भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको ४४औँ बीपी स्मृति दिवसका अवसरमा उनले यस्तो बताएका हुन् ।
वृक्षरोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरे । नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षरोपण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4