+

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

२०८३ साउन  १४ गते १४:०१ २०८३ साउन १४ गते १४:०१

बुधबार सरकार र नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सकमाथि भएको कुटपिटको विरोधमा दुई दिनदेखि बन्द रहेको देशभरका अस्पतालको ओपीडी सेवा आजबाट सुचारु भएको छ।
  • सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि चिकित्सकहरू आन्दोलन फिर्ता लिई नियमित सेवामा फर्किएका छन्।
  • अस्पताल सेवा सुचारु भएसँगै उपचारका लागि बिहानैदेखि सेवाग्राहीको अत्यधिक भीड लागेको छ।

१४ साउन, काठमाडौं । चिकित्सकको हड्तालका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा आजबाट सुचारु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।

मंगलबार र बुधबार अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामी निराश भएर फर्किनुपरेको थियो ।

यही साउन ९ गते नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण भएको थियो ।

अस्पतालको इमर्जेन्सीमा आएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका डा. प्रमोदको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही नगरेको भन्दै देशभरका चिकित्सक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

बुधबार सरकार र नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । आन्दोलन फिर्ता भएका कारण चिकित्सकहरू आजबाट नियमित सेवामा फर्किएका हुन् ।

 

दुई दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड देखिएको छ ।

बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल(सिभिल) मा बिहीबार बिहानैदेखि सेवाग्राहीको भीड देखिएको थियो ।

कोही अस्पताल छिर्दै थिए भने कोही जाँच गरिसकेर बाहिर निस्किरहेका थिए । केही बिरामी टिकट हातमा लिएर पालो कुरिरहेका देखिन्थे । कोही अस्पतालको पेटितिर बसेर सुस्ताइरहेका थिए ।

अस्पताल ओपीडी डाक्टर बिरामी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय