News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयर र नेशनल प्याथ ल्याबबीच कर्मचारी तथा रोयल क्लब कार्डवाहकलाई प्रयोगशाला सेवामा विशेष छुट दिने विषयमा सम्झौता भएको छ।
१४ साउन, काठमाडौं । बुद्ध एयर र नेशनल प्याथ ल्याब (एनपीएल) बीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बुद्ध एयरका कर्मचारी तथा बुद्ध एयर रोयल कल्ब कार्डवाहकले नेशनल प्याथ ल्याबबाट विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट पाउने ल्याबका प्रवन्ध निर्देशक पवन जोशीले जानकारी दिए ।
जोशीका अनुसार बुद्ध एयरका कर्मचारीले रुटिन प्याथोलोजी परीक्षणमा २० प्रतिशत र हाई–एन्ड स्पेसियालिटी परीक्षणमा १० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, बुद्ध एयर रोयल क्लब कार्डवाहकले रुटिन प्याथोलोजी परीक्षणमा १० प्रतिशत तथा हाई–एन्ड स्पेसियालिटी परीक्षणमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नेशनल पाथ ल्याबले यो छुट सुविधा आफ्ना नेपालभर रहेका सबै शाखा तथा फ्रेन्चाइज केन्द्रमार्फत उपलब्ध गराउने जनाएको छ । तर, अन्य संस्थामार्फत गराइने आउटसोस्र्ड परीक्षणमा भने यो छुट लागू नहुने स्पष्ट गरिएको छ ।
दुवै संस्थाबीच भएको यो सहकार्यले बुद्ध एयरका कर्मचारी तथा रोयल क्लब सदस्यलाई गुणस्तरीय प्रयोगशाला सेवा सहुलियतपूर्ण शुल्कमा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4