+
+
Shares

दाङमा ५५ नाल भरुवा बन्दुक बरामद

दाङमा प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

रासस रासस
२०८३ साउन २० गते १७:१३
फाइल तस्वीर

२० साउन, दाङ । दाङमा प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र, दाङबाट साउन १६ देखि १९ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरी बन्दुक बरामद गरेको हो ।

बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ८ अन्तर्गत हिमाल, लालीगुराँस, खारखोली, बङ्गलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नवचेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल र बिरह सामुदायिक वनबाट  सात गरी ५५ वटा भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले  बरामद गरिएका भरुवा बन्दुकका नालको स्रोत र प्रयोगबारे थप अनुसन्धान भइरहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?