+
+

बालुवाटारमा शीर्ष बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते ९:१७

२० कात्तिक, काठमाडौं । केही दिनदेखिको संवादहीनता तोड्दै मुख्य तीन दलका नेताहरु पुनः छलफलमा बस्ने भएका छन् । संविधानका विवादित विषयमा दुई ध्रुवमा बाँडिएका सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरु पुनः सहमतिको प्रयास गर्न सहमत भएका छन् ।

सत्तारुढ दलले पेस गरेको सात प्रदेशको प्रस्तावले बढेको ध्रुवीकरण हटाउन भन्दै विहीबार विहान बैठकमा बसेका कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु साँझ फेरि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न सहमत भएका हुन् ।

विहीबार विहान सभामुख सुवास नेम्वाङको कार्यकक्षमा तीन दलका नेताहरुको बैठक बसेको थियो । बैठकमा कुनै सहमति नभए पनि नेताहरुले राजनीतिक गतिरोध अन्त्य गर्न सबै सहमत भएको प्रतिक्रिया दिए ।

बैठकपछि एमाले उपाध्यक्ष भिम रावलले भने, ‘सत्ता पक्ष र प्रतिपक्षबीच खुलेर कुरा भएको छ, थप छलफल गर्न साँझ ५ बजे पुनः बैठक बस्छौं ।’
यसैगरी एमाले नेता माधवकुमार नेपालले दलहरुबीच द्वन्द्व बढ्ने अवस्था आएकोले त्यसलाई हटाउन अझै दुई दिनसम्म सहमतिको प्रयास गर्ने जानकारी दिए ।

संवाद समितिको बैठक दुई दिन नबस्ने

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई अस्वस्थ भएकोले शुक्रबार र शनिबार संवाद समिति बैठक नबोलाउन पनि दलहरु सहमत भएका छन् । भट्टराईले संवाद समितिको बैठक अनिश्चितकालको लागि स्थगित गरेको भन्दै कांग्रेस-एमालेका नेताहरुले असन्तुष्टि जनाउदै आएका थिए । भट्टराईलाई भाइल ज्वरो आएपछि चिकित्सकहरुले केही दिन आराम गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?