+
+
Shares

कांग्रेस महाधिवेशनमा अहिलेसम्म खस्यो ३७५४ मत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
  • कोशीमा १ हजार २०७ मध्ये ६१३, मधेशमा १ हजार २३४ मध्ये ५९० र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ मत खसेको छ।
  • सुदूरपश्चिम, कर्णाली र जनसम्पर्कमा २ हजार ४५७ मध्ये ७३३, लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९ र गण्डकीमा ७८७ मध्ये ५०७ मत खसेको छ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३७५४ मत खसिसकेको छ। दिउँसो साढे २ बजेसम्म सो संख्यामा मत खसेको हो। मतदान जारी छ। साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ।

यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको छ।

कुन प्रदेशबाट कति खस्यो मत ?

कोशी – १२०७ मत मध्ये ६१३ मत खस्यो

मधेश – १२३४ मत मध्ये ५९० खस्यो

सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क – २४५७ मध्ये ७३३ मत खस्यो

लुम्बिनी – १०७९ मध्ये ५७९ मत खस्यो

गण्डकी – ७८७ मध्ये ५०७ मत खस्यो

बागमती – १४९१ मध्ये ७३२ मत खस्यो

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?