+
+
Shares

कांग्रेस महामन्त्री मतगणना : उदयशमशेरले अमरसिंहलाई पछि पारे

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन् । मतगणनाको प्रारम्भिक अवस्थामा राणा भन्दा पुन अघि देखिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको महामन्त्री मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्दै ७८३ मतसहित अग्रता लिएका छन् ।
  • महामन्त्रीमा प्रदीप पौडेलले १ हजार ३७० मतसहित फराकिलो अग्रता बनाएका छन्, र सुनिल शर्माले ५३९ मत पाएका छन् ।
  • निर्वाचन समितिले शनिबार रातिबाट उपसभापति र महामन्त्रीको मतगणना शुरू गरेको छ, र सहमहामन्त्रीको गणना पनि चलिरहेको छ ।

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन् । मतगणनाको प्रारम्भिक अवस्थामा राणा भन्दा पुन अघि देखिएका थिए ।

पछिल्लोपटक सार्वजनिक परिणाम अनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाएका छन् ।

महामन्त्री पदमा प्रदीप पौडेलले अन्य उम्मेदवारलाई फराकिलो अन्तरले पछि पारेर अग्रता लिएका छन् ।

पौडेलले हालसम्म पाएको मत एक हजार ३७० छ । सोही पदका उम्मेदवार सुनिल शर्माले ५३९ मत ल्याएका छन् । उक्त पदमा अन्य प्रतिस्पर्धीमा गुरुराज घिमिरे, शंकर तिवारी र डा.सन्तोष उपाध्याय उम्मेदवार छन् । खुलातर्फ महामन्त्री दुई र महिलातर्फ १ जना चयन हुनेछन् ।

निर्वाचन समितिले शनिबार रातिबाट उपसभापति र महामन्त्रीका उम्मेदवारको मत गणना सुरु गरेको थियो ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्री महिला र खुलातर्फ विहान ११ बजे मतगणना सुरु गरिएको छ । आदिवासी जनजातितर्फ सहमहामन्त्री र मतगणना मध्याह्नपछि सुरु गरिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?