आज शनिबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
१. केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा
रातभरमा कुनै ठूलो चमत्कार नभए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ ।
२. भारतले फसायो भन्दै पूर्णबहादुर रोए, देउवाले जित्ने दाउ खेले
रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान प्रधानमन्त्री निवास बालुवाटारमै चरितार्थ भयो । राति ९ बजे प्रधानमन्त्रीको उम्मेदवार नबन्ने निर्णय गरेका उनै कोइराला बिहान कुनै पनि हालतमा उम्मेदवारीबाट पछि नहट्ने निधोमा पुगिसकेका थिए ।
३. राष्ट्रपतिका लागि अब ढोका खुल्यो: प्रचण्ड, कांग्रेसभित्र भारतीय चलखेल भएको आरोप
एमाओवादीले प्रधानमन्त्रीको चयनपछि अब राष्ट्रपतिमा आफूले दाबी गर्ने संकेत गरेको छ । शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले अब राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताए ।
४. एमाले र एमाओवादीबीच १४ बुँदे सहमति (पूर्णपाठसहित)
सरकार गठनका क्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच १४ बुँदे सहमति भएको छ ।सहमतिमा बाहृय दबाव र हस्तक्षेप अस्वीकार गर्नेदेखि मधेसी, थारु र जनजातिसँग वार्ता गरी राजनीतिक सम्बोधन गर्नेसम्म छ ।
५. ओली प्रचण्ड सम्बन्ध : ‘पागल’ घोषणादेखि अंकमालसम्म
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको सम्वन्ध निकै उचार-चढावपूर्ण छ । अहिले आपसमा राम्रो सम्बन्ध बनाएका यी दुई नेता ७/८ महिना अघिसम्म आपसमा शत्रुतापूर्ण व्यवहार गर्थे ।
६. ओलीलाई समर्थन गरेसँगै एमाओवादीमा विवाद, असन्तुष्ट भन्छन्-निर्णयले आश्चर्यचकित भयौं
बहुमतीय सरकार गठनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेसँगै एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ । एमाओवादीका २९ नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् ।
७. काठमाडौंमा कतै धोती जुलुस, कतै सामुहिक मीत लगाइयो
समाजिक सदभाव कायम होस् भन्ने सन्देश दिन भन्दै राजधानीमा धोती र्याली प्रदर्शन गरिएको छ । तराई मधेसमा आन्दोलन भइरहेका बेला काठमाडौंमा धोती कुर्था लगाएर प्रदर्शन गरिएको हो ।
८. प्रभु साहले भने- पार्टीको निर्णयमा असहमत छु, तर भोट हाल्छु
एमाओवादी सांसद प्रभु साहले एमाले नेतृत्वमा सरकार बनाउने पार्टीको निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् । तर, प्रधानमन्त्री निर्वाचनमा भने पार्टीको निर्णय अनुसार भोट हाल्ने बताएका छन् ।
९. केपीलाई सुशीलको फोन-मैले उठ्नैपर्ने भो
एमाले संसदीय दलको बैठक चल्दाचल्दै अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको फोन आएको थियो । फोन वार्ताका बारेमा पनि ओलीले सांसदहरुलाई जानकारी गराए ।
१०. मधेसको आन्दोलनमा पहाडी समुदायको समर्थन
पर्साको वीरगञ्जमा रहेका पहाडी समुदायले पनि मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै जुलुसमा सहभागिता जनाएका छन् ।आन्दोलन र नाकाबन्दीमा बसेका मधेसवादी आन्दोलनकारीहरुलाई सहयोग र समर्थन गर्नका लागि हजारौंको संख्यामा जम्मा भएका स्थानीय पहाडी समुदायका अगुवाहरुले शनिबार ऐक्यवद्धता जनाएका हुन् ।
र, यो पनि
१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ
मानिसमा रोग पनि कस्ता कस्ता ? अमेरिकामा एक १२ वर्षीया किशारी पनि निकै अनौठो रोगबाट पीडित छिन् । टेक्सासको एंगल्टन निवासी क्याटलिन थोर्नली नामकी ती किशोरी सात कक्षामा पढि्छन् । उनलाई एक दिनमै १२ हजार पटक हाछ्युँ आउँछ ।