+
+

किसानलाई अलैँची सुकाउने ड्रायर वितरण

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १०:५२

१ कात्तिक, इलाम । इलाम उद्योग वाणिज्य सङ्घले जिल्लाका १० वटा कृषि सहकारी संस्थालाई अलैँची सुकाउने डबल ड्रम भट्टी (ड्रायर) वितरण गरेको छ ।

Cardomom-1सङ्घले जिल्लाको कोल्बुङ– ९ स्थित पारिजात मिश्रित अलैँची समूह, कोल्बुङ– ७ को आमा अलैँची कृषक समूह, कोल्बुङकै साना गाउँ अलैँची कृषक समूह, मावु– ९ मा रहेको नवजागरण कृषि सहकारी संस्था, इनपा– ८ को उन्नत अलैँची कृषक समूह, नयाँबजार– ८ को कालीदेवी कृषि सहकारी संस्था, माइमझुवाको सुलुबुङ चिया सहकारी संस्था, नामसालिङ– ९ को अलैँची संरक्षण तथा उत्पादन समूह, गोदक– ४ को जनहित कृषक समूह र देउमाई नगरपालिकाको क्याबुङस्थित नमुना कृषक समूहलाई रु ६० हजार मूल्य बराबरको ड्रायर वितरण गरेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ एवम् कृषि उद्यम केन्द्रको साझेदारी कार्यक्रम नेपाल व्यापार रणनीतिअन्तर्गत लागत साझेदारीमा अलैँची सुकाउने डबल ड्रम भट्टी एक कार्यक्रमका बीच हिजो वितरण गरिएको सङ्घले जनाएको छ ।

किसानले उत्पादन गर्दै आएको अलैँचीलाई अझै गुणस्तरयुक्त बनाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने मुख्य उद्देश्यका साथ नयाँ किसिमको ड्रायर वितरण गरिएको सङ्घकी अध्यक्ष सुशीला सापकोटाले बताए ।

कृषिजन्य उत्पादनका हिसाबले अग्रणी जिल्ला मानिएको इलाममा उद्योग वाणिज्य सङ्घले स्थापनाकालदेखि नै कृषिजन्य वस्तु चिया, अलैँचीलगायतको व्यापार प्रवद्र्धन गर्नका लागि विभिन्न कार्य गर्दै आएको सङ्घकी अध्यक्ष सापकोटाले उल्लेख गरे ।

कृषक समूहलाई वितरण गरिएको ड्रायरबाट अलैँची तथा चिया सुकाउन सकिने बताइएको छ । पुरानो प्रविधिको भट्टीबाट छ किलो काँचो अलैँची सुकाउँदा एक किलो सुक्खा अलैँची हुन्थ्यो भने यस नयाँ प्रविधिको ड्रायरबाट चार किलो अलैँची सुकाउँदा एक किलो अलैँची पर्ने बताइएको छ ।

कुनै समय अलैँचीको नामले परिचित इलाम जिल्ला करिब एकदशकसम्म शून्य रहेपछि अहिले अलैँचीखेतीलाई किसानले पुनर्जीवन दिन नयाँखेती विस्तार थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?