+
+
Shares

नविल बैंकले सेयरधनीलाई ४५ प्रतिशत लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २२ गते १२:०३

nabil-bank-810

 

२२ भदौ, काठमाडौं । नविल बैंकले सेयरधनीलाई ४५ प्रतिशत लाभांस दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यही नाफाबाट सेयरधनीलाई लाभांस घोषणा गरेको हो । बैंकले घोषणा गरेको लाभांस नियामक नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयन हुन्छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार नविल बैंकलाई अब १ अर्ब ८३ करोड रुपैयाँ आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?