+
+

पार्टी एकताबारे ओली र प्रचण्डले भने- हामीबीचमै थप सम्वाद चाहियो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १९:०१

१८ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे निर्णय गर्नुपूर्व आफूहरुबीच थप सम्वाद आश्वयक रहेको बताएका छन् ।

यद्यपि आफूहरुबीच पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारेमा नभई पार्टी एकता कसरी गर्ने भन्नेमा थप छलफल आवश्यक देखिएको दुबै नेताले बताएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बिहीबार ओली निवास बालकोटमा बसेको थियो । बैठकमा ओली र प्रचण्डले एकता प्रक्रियाबारे बि्रफिङ गरेका थिए ।

‘उहाँहरुले दुई नेता र सदस्यहरुबीच थप अनौपचारिक सम्वाद आवश्यक रहेको महसुस भएको गर्नु भएको छ । त्यसपछि बैठक बसेर कार्यदल गठन गर्छौं’ एक नेताले भने ।

पार्टी एकतालाई पछिल्लो समय लिएर एमाले र माओवादीकै दोस्रा तहका नेताहरुले आशंका गर्न थालेका छन् । यद्यपि दुबै नेताले एकता छिट्टै हुने बताएका छन् ।

बिहीबारको बैठकपछि काभ्रे पुगेका प्रचण्डले छिट्टै पार्टी एकता गरेर नयाँ सन्देश दिने बताएका थिए ।

साथै ओली र प्रचण्डबीच अघिल्लो साता लागातार दुई दिन गोप्य छलफल पनि भएको थियो ।

पार्टी एकता संयोजन समितिको बैठकले प्रदेशको मुख्यमन्त्री, सभामुख, उपसभामुख बाँडफाँडबारे सुवास नेम्वाङ नेतृत्वको कार्यदलले गरेको सहमति अनुमोदन गरेको छ ।

साथै देउवा सरकारका पछिल्ला निर्णयहरु संविधान र जनादेश विपरीत रहेको भन्दै आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?