२९ असोज, मोरङ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र भरिया सनम शाक्य हत्यामा मुछिएका बेनु श्रेष्ठलाई मोरङ ल्याइएको छ ।
अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं हुँदै मोरङ ल्याइएको हो ।
सोमबार साँझ यति एयरलाइन्सको उडानमार्फत उनीलाई मोरङ ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले अनलाइनखबरलाई बताए ।
उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अदालत विदा भएका कारण उनलाई दशैंपछि मात्रै हाजिर गराइने श्रेष्ठको भनाइ छ ।
सुनसरी इटहरी उपमहानगरपालिका–६ घर भएका ३२ बर्षिय श्रेष्ठ दुबईमा बसेर चुणमणि उप्रेती गोरे नेतृत्वको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए ।
३ वर्षको अवधिमा भएको ३८ क्वीन्टल सुन अधिकांश समय श्रेष्ठले नै यूएईबाट पठाउँदै आएका थिए ।
गत माघ पहिलो साता तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन नयाँ बानेश्वर क्षेत्रबाट हराएपछि खोज्ने क्रममा १८ फागुनमा भरिया सनमको हत्या भएको थियो । त्यसपछि गोरे समूहले गरेको सुन तस्करी ¥याकेटको पर्दाफास भएको थियो ।
त्यसवेला अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
जसमा पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी बिकाशराज खनाल, डिएसपीद्वय प्रजित केसी, सञ्जयबहादुर राउतसहित ९ प्रहरी अधिकारी मुछिएका थिए ।
बयानमा भने– ३३ किलो सुनमा हिस्सा छैन
आइतबार यूएईबाट नेपाल ल्याइएका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको थियो । त्यहाँ तत्कालिन उच्च स्तरीय सुन अनुसन्धान समितिले अधिकारीहरुले उनको बयान समेत लिएका थिए ।
उनले बयानमा आफू गारे समूहमा संलग्न भएको स्वीकारेका छन् । तर, ३३ किलो सुनमा भने आफ्नो हिस्सा नभएको दाबी गरेका छन् ।
उनले सुन तस्करी समूहको मुख्य लगानीकर्ता र अन्य सदस्यको नाम भने नखुलाएको समितिका एक अधिकारीले बताए ।
को हुन् श्रेष्ठ ?
सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मानिएका चुणामणि उप्रेती गोरेका विश्वासिला पात्र हुन्, टेकराजमल्ल ठकुरी । ठकुरीलाई बेनुले नै सुन तस्करको सञ्जालमा जोडेका थिए ।
काभ्रेपलान्चोक देउपुर मन्डन गाउपालिका–१२ मा घर भएका ठकुरी २०६२ सालतिर काठमाडौँमा गएपछि पार्किङको शुल्क उठाउने काम गर्न थालेका थिए । काम गर्ने क्रममा नै उनको भेट बेनु श्रेष्ठसँग भएको थियो ।
सुन पसल सञ्चालन गरिरहेका श्रेष्ठले ठकुरीलाई श्रेष्ठले आफ्नो पसलमा काम दिएका थिए ।
यो पनि पढ्नुस्
शून्य किलो सुनकाण्ड ! गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !
सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति
सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री
त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)
कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं
एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन
गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं