+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

काठमाडौंमा फेरि बालिका अपहरित, ७ घन्टापछि उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १६:२३

११ माघ, काठमाडौं । थापाथलीस्थित प्रसुति गृहकी डाक्टर बबिता शाहको दुई वर्षीया छोरी अपहरणमा परेकी छन् । शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै सन्दिज्ञा कर्णको अपहरण भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले दिउँसो बालिकाको सकुशल उद्दार गरेको छ भने अपहरणकारी फरार भएका छन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले बालिकाको अपहरण गरेका थिए ।

‘उनले साढे दुई लाख रुपैयाँ मागेका थिए ’, बोगटीले अनलाइनखबरसँग भने, ‘हामीलाई सूचना आउने वित्तिकै खोजी थालेका थियौं । त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई जम्भुडाँडा, तिलगंगा हुँदै बसपार्क गएर भाग्दै फर्किंने क्रममा तिलगंगाको होटल गणेश अगाडिबाट बालिकालाई उद्दार गर्‍यौं ।’

अधिकारीहरुका अनुसार प्रहरीले  बालिकालाई राखेको ठाउँमा घेरा हालेपछि बालिकालाई छाडेर भागेका थिए । ‘उनको खोजीमा रहेको टोली अहिले फिल्डमै छ’, बोगटीले भने, ‘भागेर कहाँ नै जान्छ र !’

यसअघि १३ मंसिरमा ८ वर्षीय बालक प्रयास कुँवरको गोंगबुस्थित एक होटलबाट अपहरणपछि हत्या भएको थियो । २१ साउनमा  काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । जसमा संलग्न दुई जना प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?