२१ कात्तिक, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतविरुद्ध दशरथ रंगशाला नहुने जानकारी दिएको हो । यसअघि दशरथ रंगशालामा मंसिर ३ गते नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भनिएको थियो । तर दशरथ रंगशाला पूर्णरुपमा तयार भइ नसकेको कारण खेल हुन नसकेको हो ।
अब नेपालले कुवेतविरुद्धको होम खेल कुनै न्युट्रल भेन्युमा खेल्नु पर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले केही दिनअघि मात्रै रंगशाला निरीक्षण गरेका थिए । एएफसीका प्रतिनिधी असन्तुष्ट रहेपछि खेल दशरथ रंगशालामा नहुने भएको हो ।
एन्फाले भुटानको चाङ्लीमिथाङमा गराउने प्रस्ताव पनि राखेको छ ।