+

अस्ट्रेलिया र बंगलादेशबीच जुनमा हुने टेष्ट सिरिज स्थगित

२०७६ चैत  २७ गते १६:५८ २०७६ चैत २७ गते १६:५८
अस्ट्रेलिया र बंगलादेशबीच जुनमा हुने टेष्ट सिरिज स्थगित

२७ चैत काठमाडौं । अस्ट्रेलिया र बंगलादेशबीच आगामी जुनमा तय भएको टेष्ट सिरिज स्थगित भएको छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व खेलकुद नै प्रभावित बनेको छ । त्यसको असर जुनमा हुने सिरिजमा समेत परेको छ ।

अस्ट्रेलिया र बंगलादेशबीच हुने दुई खेलको उक्त सिरिज स्थगित गर्न सहमत भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जनाएको छ । ११ जुन देखि बंगलादेशको ढाकामा टेष्ट सुरु हुने तय थियो ।

आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गतको उक्त टेष्टको अर्को मिति पछि सार्वजनिक गरिने भएको छ ।

कोरोनाको कारण अहिले विश्व क्रिकेटमा धेरै खेलहरु स्थगित भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय