२५ जेठ काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नांडिजले अर्जेन्टिनाका जनतालाई अर्को साताको अन्त्यमा शुरु हुने ला लिगामा बार्सिलोना खेल हेर्न आग्रह गरेका छन् ।
स्पेनी फुटबल लिग ला लिगामा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले खेल्ने बार्सिलोनाको खेले हेर्न उनले आग्रह गरेका हुन् ।
कोरोना भाइरस महामारीपछि रोकिएको ला लिगाका खेलहरु दर्शकविनाका रंगशालामा फेरि सुरु हुँदैछ । लिग लिडर बार्सिलोनाले जुन १३ मा मालोर्कासंग खेल्दैछ ।
अर्जेन्टिनी जनताले आफ्नो देशमा फुटबल हेर्नका लागि कुर्नुपरे पनि आफ्नै देशका खेलाडी मेसीले स्पेनमा खेलेको भने हेर्न पाउनेछन् ।
‘हामी अर्जेन्टिनी फुटबल फिर्ताको लागि कुर्दै छौं, अर्को हप्ता स्पेनिस ला लिगा फर्कँदैछ र बार्सिलोनामा लिओनेल मेस्सीलाई हेर्दा हामी सन्तुष्ट हुनेछौं,’ उनले टिभी स्पोर्ट्ससँग भने ।
फर्नान्डेजले अर्जेन्टिनामा फुटबल खेल सुरु हुन भने केही समय कुर्नुपर्ने बताए । ‘फुटबललाई होसियारी साथ चलाउनुपर्दछ । हामीले फुटबल फर्केको दिनको प्रतीक्षा गर्नुपर्छ । प्रशंसकको उपस्थितिसहित फर्काउछु भन्नु पागलपन हो’ उनले भने ‘फेरि खेल्न, तपाईले प्रोटोकल अनुसरण गर्नुपर्नेछ र मलाई थाहा छैन सबै क्लबहरू त्यसो गर्न सक्षम छन् कि छैनन् ।’
प्रतिक्रिया 4