+

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराकमा

२०७८ जेठ  १२ गते १७:१२ २०७८ जेठ १२ गते १७:१२
मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराकमा

१२ जेठ, काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ ।  नेपालले शनिबार एसियन कप जितिसकेको इराकसँग खेल्नेछ । त्यसपछि नेपाल विश्वकप छनोटको बाँकी तीन खेल खेल्न कुवेत जानेछ ।

नेपाली टोली स्थानीय समयअनुसार बिहान सवा १० बजे इराकको बास्रा पुगेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको खेलबाट फाइदा लिने बताए ।

‘हामी इराकको मैत्रीपूर्ण खेलबाट फाइदा लिने आशा गर्दछौं । यहाँको वातावरणले पनि हामीलाई सहयोग पु¥याउँछ । हामीले विश्वकप छनोट खेल्ने कुवेत सिटी र यहाँको वातावरण उस्तै छ,’ अलमुताइरीले बास्रा पुगेपछि भने ।

नेपालले बुधबार बेलुका प्रशिक्षण गर्ने इराक फुटबल संघले जनाएको छ ।

नेपालले २० वर्षपछि इराकसँग फुटबल खेल्न लागेको हो । यसअघि नेपालले इराकसँग तीन खेल खेल्दा तीनै पटक पराजित भएको थियो । दुवै टोली विश्वकप छनोटको तयारीमा रहेकाले यो मैत्रीपूर्ण खेलले सहयोग गर्ने अपेक्षा छ ।

छनोटको समूह बी मा रहेको नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

इराक नेपाली राष्ट्रिय फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय