+

कोनकाकाफ गोल्डकप : मेक्सिकोलाई हराउँदै अमेरिका च्याम्पियन

२०७८ साउन  १८ गते १०:३१ २०७८ साउन १८ गते १०:३१
कोनकाकाफ गोल्डकप : मेक्सिकोलाई हराउँदै अमेरिका च्याम्पियन

१८ साउन, काठमाडौं । मेक्सिकोलाई १-० ले हराउँदै अमेरिकाले कोनकाकाफ गोल्डकपको उपाधि जितेको छ । माइल्स रोबिन्सनले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा अमेरिकाले विजयी भएको हो ।

अमेरिकाको अलेजियन्ट स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल नभएपछि ३० मिनेटको समय थप गरिएको थियो ।

त्यसकै अतिरिक्त समयको सकिन तीन मिनेट बाँकी छँदा रोबिन्सनले निर्णायक गोल गर्दै अमेरिकालाई च्याम्पियन बनाए ।

सेमिफाइनलमा अमेरिकाले एसियन राष्ट्र कतार तथा मेक्सिकोले क्यानडालाई पराजित गरेको थियो ।

अमेरिकाले गोल्ड कप उपाधि जितेको यो सातौं पटक हो । मेक्सिकोले सर्वाधिक ११ पटक उपाधि जितेको छ ।

आमन्त्रित राष्ट्रका रुपमा प्रतियोगिता खेलेको कतारका अलमोज अली ४ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।

अमेरिका मेक्सिको
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय