Comments Add Comment

पल शाह

List Grid
पलले भने–‘पूजा मेरो बेष्ट फ्रेन्ड’

नायक पल शाहले शनिबार आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा उनलाई भ्याइनभ्याई नै थियो । घरपरिवारदेखि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसँग जन्मदिन मनाउँदै गर्दा पल निकै खुशी देखिए । नायक पल शाहले विशेषगरि, आफूले सबैको अनुहारमा खुशी देख्न चाहेको बताउँदै कसैलाई पनि दुःखी देख्न नचाहने बताए । ‘म यस्तो गीत गाउँछु २’की नायिका […]

३० औं वर्षमा पल शाह, छैन बिबाहको दवाव !

सामाजिक संजालमा नायक पल शाहको फ्यानहरुको एउटा ग्रुप छ, ‘पल शाह फ्यान क्लब’ । त्यहाँ आबद्ध भएका पलका फ्‍यानहरुले केही समय अगाडिदेखि नै पललाई जन्मदिन मनाउने म्यसेज गरिरहेका थिए । कहाँ र कसरी मनाउने टुंगो थिएन । सोही ग्रुपमा रहेकी एक फ्यान काजोलले ग्रुपमा म्यासेज लेखिन, ‘इनर भिजन नेपाल भन्ने एउटा संस्था छ, त्यहाँ अनाथ […]

सिक्न चाहने पल

नायक पल शाहले केही समय अगाडि आयोजना भएको चलचित्र ‘२ नम्बरी’को पत्रकार सम्मेलनमा आफूले यो टिमबाट धेरै कुरा सिक्ने बताएका थिए । विशेषगरि, नायक दयाहाङ राइसँग काम गर्ने आफ्नो चाहना रहेको भन्दै उनले दयाबाट धेरै कुरा सिक्ने बताए । पलले दयाहाङ राइबाट धेरै कुरा सिक्ने बताइरहँदा दयाले पनि पलसँग काम गर्न आफू लालयित रहेको सुनाएका […]

‘म यस्तो गीत गाउँछु २’ ‘आशिकी २’सँग मेल खादैनः सुदर्शन थापा

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । फागुणको ३० गतेबाट रिलिज हुन लागेको चलचित्रको रोमान्टिक पोष्टरमा नायक पल शाह र नायिका पूजा शर्माको रोमान्टिक अवतार देख्न सकिन्छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको सांगीतिक लभ स्टोरी चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ । चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । चलचित्र ‘म […]

संगीत र प्रेमसँग जोडिएको ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ । चलचित्रको ट्रेलरमा […]

‘पर्खी बसें–२’ : प्रदीप, पूजा र पलको टिमअप सम्भावना कति ?

गोपीकृष्ण मुभिजले १२ वर्ष पहिला रिलिज भएको चलचित्र ‘पर्खी बसें’को सिक्वेल बनाउने तयारी गरिरहेको छ । गोपीकृष्णले हिमालयन मुभिजसँगको सहकार्यमा ‘पर्खी बसे २’ निर्माणको तयारी गरेको हो । सौरभ चौधरीले निर्देशन गर्ने पक्का भइसकेको यस चलचित्रको लागि कलाकारहरु भने पक्का भएका छैनन् । दुई नायक र एक नायिका चाहिने यस चलचित्रका लागि नायिका पूजा शर्मासम्म […]

‘म यस्तो गीत गाउँछु २’को ‘कसम’ गीत रिलिज

फागुणको २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर रहेको यो गीतमा दिनेशराज पुरीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका पूजा शर्मा र मोडल एलिसा शर्माको नृत्य हेर्न सकिन्छ […]

पूजासँग पलको यस्तो ‘कसम’(फोटो फिचरसहित)

चलचित्रको इनिसियल व्यापारमा गीतसंगीतको महत्वपूर्ण भूमिका हुन्छ । गीतले दर्शकको नजरमा राम्रो छाप छाडेको खण्डमा चलचित्रको व्यापारमा पनि फरक पर्छ । यसैले, धेरै चलचित्रका निर्माता राम्रो गीत आफ्नो चलचित्रमा राख्नका लागि लालयित त हुन्छन् नै । तर, सबैले सोचेजस्तै गीतले सफलता पाउँछ भन्ने छैन । निर्देशक सुदर्शन थापा चलचित्रमा गीत रोज्ने बिषयमा बढी नै सजग […]

पलसँग काम गर्न लालयित थिएँ’–दया, ‘दया दाईबाट धेरै कुरा सिक्नेछु’: पल

नायक दयाहाङ राइको अभिनयको हजारौ दर्शक फ्यान छन् । नेपाली चलचित्रका धेरै कलाकार दयाहाङको जस्तो वेजोड अभिनय गर्न चाहन्छन् । अहिलेका यूवापुस्ताका नायकहरुका लागि दयाहाङबाट सिक्ने धेरै कुरा छन् । उनै, दयाहाङ राइले भने नायक पल शाहसँग काम गर्न आफू लालयित भएको बताएका छन् । दया र पलले पहिलो पटक चलचित्र ‘२ नम्बरी’मा स्क्रिन शेयर […]

वर्षासँग दया र पलको ‘२ नम्बरी’

चलचित्र ‘२ नम्बरी’को निर्माण हुने भएको छ । यो चलचित्रको आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो । दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रले २ जना साथीको कथा भन्छ । चलचित्रमा नायक दयाहाङ राई र पल शाह साथीको भूमिकामा देखिदैछन् । उनीहरुलाई नायिका वर्षा राउत र वुद्दि तामाङले साथ दिदैछन् […]

फिल्मको छायांकन सकेसँगै म्यूजिक भिडियोमा रमाउँदै पल

गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘मलमल सारी’ बोलको गीत अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरियो । तर, सार्वजनिक भएको करिब १४ दिनमा पनि यो गीतले दर्शकको उल्लेख्य माया पाएन । गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा राउतले मोडलिङ गरेका छन् । पल र वर्षालाई राखेपछि भिडियोले राम्रै भ्यूज पाउने अपेक्षा यूवराजको थियो […]

‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ रिलिज

सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूज बटुलेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको आशक्तीलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् । यो गीतको अडियो पावरफूल छ […]

पल र पूजाको ‘दुःखको काँडा’

पछिल्लो केही महिनायता रिलिज भएका चलचित्रका गीतहरुले बजारमा कस्तो चर्चा पाइरहेका होलान् त ? तिहारपछि नेपाली चलचित्रका करिब आधा दर्जन गीत रिलिज भएका छन् । जसमा, चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ गीत हिट भैरहेको छ । यो गीतले युटुबमा करिब ४८ लाख भ्यूज बटुलिसकेको छ । सार्वजनिक भएको करिब एक […]

पलसँग रोमान्टिक पूजा

नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै छ । यसैले पनि यी दुइले प्रचारका लागि कुनै कसर बाँकी राखेका छैनन् […]

ट्रेन्डिङको पहिलो स्थानमा ‘तिम्रो घरको वरिपरी’

बिहिबार सार्वजनिक भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतले नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा पकड जमाएको छ । यो गीत सार्वजनिक भएको वुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएपनि गीतले भने १ नम्बरमा स्थान जमाएको छ । सार्वजनिक भएको ४ दिनमा १४ लाख भन्दा बढी भ्यूज […]

‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ रिलिज, मायाको कुरा गर्दै पल र पूजा

चलचित्र भन्ने निर्देशकको आ–आफ्नै शैली हुन्छ । निर्देशकको चलचित्र भन्ने भाषाले दर्शकलाई हलसम्म तान्न सबैभन्दा बढी भूमिका खेल्छ । नेपालमा प्रेमकथामा वर्षेनी ५० भन्दा बढी चलचित्र बन्छन् । तर, कमै मात्र निर्देशक छन् जसले आफूलाई यो विधामा अव्वल बनाएका छन् । प्रेम कथामा बन्ने चलचित्रको निर्देशनमा अग्रपंक्तिमा निर्देशक सुदर्शन थापाको नाम आउँछ । ‘मेरो एउटा […]

‘तिमीसँगै हुने मन छ’मा दीपिकासँग पल र निराजन

निर्देशक दिवाकर भट्टराइले नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । हुनत, चलचित्र बजारमा उनले नायिका दीपिका प्रसाँई र नायक आर्यन सिग्देलको जोडीलाई लिएर चलचित्र बनाउने चर्चा पनि नचलेको होइन । तर, दिवाकरले आर्यन र दीपिकाको जोडी भन्दा अगाडि अर्को एक चलचित्र बनाउने तयारी गरेका छन् । चलचित्रको नाम ‘तिमीसँगै हुने मन छ’ राखिएको छ […]

‘म यस्तो गीत गाउँछु २’मा रोमान्टिक पल र पूजा(फोटो फिचरसहित)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएको छ । करिब ७ दिन लगाएर यसको टिमले चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा […]

के दीपिकाको जोडी बन्दैछन् पल ?

नायक पल शाहले नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’मा काम गर्ने तयारी गरेको खबर बाहिरिएको छ । यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन तिहारपछि गर्ने कुरा भैरहेको छ । यसैले, पनि अहिले कलाकारको बिषयलाई लिएर चर्चा चलिरहेको छ । केही समय अगाडि यो चलचित्रमा नायक आर्यन सिग्देलले काम गर्न लागेको चर्चा […]

पल र पूजाकोे ‘म यस्तो गीत गाउँछु २’को छायांकन सुरु

केही महिना अगाडि मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । आज बिहान पूजा गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी गराइयो । चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गर्ने निर्देशक […]

पलको आग्रह–‘आँचललाई गाली नगरिदिनुहोला’

नायक पल शाहले नायिका आँचल शर्मालाई आफूसँग जोडेर गाली नगर्न शुभचिन्तकलाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्–‘आज स्पष्ट पार्न चाहन्छु, आँचल र म सधै राम्रो साथी थियौं र रहनेछौं । सफै अफवाह थियो । केह दिनदेखि सामाजिक संजालहरुमा आँचलजीलाई गाली गलौज गरेको देखिरहेको छु । यसैले उहाँको नयाँ जीवन […]