+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

असोज ३ गतेलाई लिम्बुवानले पनि कालो दिनका रुपमा मनाउने

१ असोज, ताप्लेजुङ । पुर्वका नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपालले संविधान जारी हुने भएसँगै संविधानको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गदै संविधानमा लिम्बुवानले माग गरेको आधारभुत मुद्दाहरुलाई सम्बोधन नगरेको भन्दै असोज चारगते देखि पुर्वमा अनिश्चितकालीन आमहड्तालका साथै सरकारी र सार्वजनिक कार्यालय तथा सवारी साधनहरूमा ‘लिम्बुवान राज्य’ लेख्ने सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते ९:५८

रविन भट्टराई
१ असोज, ताप्लेजुङ ।  पुर्वका नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपालले संविधान जारी हुने भएसँगै संविधानको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

Limbuwan-Mapबिहीबार एक विज्ञप्ति जारी गदै संविधानमा लिम्बुवानले माग गरेको आधारभुत मुद्दाहरुलाई सम्बोधन नगरेको भन्दै असोज चारगते देखि पुर्वमा अनिश्चितकालीन आमहड्तालका साथै सरकारी र सार्वजनिक कार्यालय तथा सवारी साधनहरूमा ‘लिम्बुवान राज्य’ लेख्ने सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघीय लिम्बुवान पार्टी नेपालका बरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिनको घोषणा गरी साँझ ५ बजे लिम्बुवानका सबै जिल्लाका सदरमुकाम र नगरहरूमा नेपालको संविधान अस्वीकार गरी जलाउने र चारगते देखि अनिश्चितकालिन लिम्बुवान बन्द, लिम्बुवानभित्रका सम्पूर्ण निजी तथा भाडाका सवारी साधनहरू तथा लिम्बुवानबाट चल्ने लामो दूरीका सम्पूर्ण सवारी साधनहरूमा लिम्बुवान राज्य लेखेको प्लेट अनिवार्य रुपमा राख्न लगाउने लगायतको आन्दोलनका कार्यक्रम उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?