+
+
Shares

‘भक्तपुर फिल्म महोत्सव’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर फिल्म महोत्सव शुक्रबारदेखि कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा सुरु भएको छ।
  • महोत्सवमा २४ फिल्म देखाइनेछन् जसमा फिचर, डकुमेन्ट्री र छोटा फिल्म समावेश छन्।
  • संयोजक सफल वैद्यले भने, 'भक्तपुर हाम्रो जन्मथलो हो, त्यसैले महोत्सव सुरु गरेका हौं।'

भक्तपुर फिल्म महोत्सव शुक्रबारदेखि सुरु भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो ।

कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा महोत्सव आयोजना भएको हो । ७ चैतसम्म आयोजना हुने महोत्सवमा २४ फिल्म देखाइनेछन् । महोत्सवमा फिचर, डकुमेन्ट्री र छोटा फिल्मको प्रदर्शन गरिने भएको छ ।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्म देखाइँदैछन् ।

जन्मथलो भएकै कारण आवश्यकता ठानेर भक्तपुरमा महोत्सव सुरु गरिएको संयोजक सफल वैद्यले बताए । ‘भक्तपुर हाम्रो जन्मथलो । भक्तपुरमा केही गरौं भन्ने थियो । त्यसैले हामीले यो महोत्सव सुरु गर्‍यौं,’ वैद्यले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?