पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश यतिबेला सामाजिक सञ्जालमा चर्चामा छाएका छन् । सर्वसाधारण जस्तै भाडाको सार्वजनिक गाडी चडेर हिँड्ने गरेका श्रेष्ठले आफूमाथि दुर्व्यवहार गर्ने माइक्रो बसका सहचालकलाई प्रहरी लगाएपछि उनी सार्वजनिक बहसमा तानिएका हुन् ।
नेता श्रेष्ठले बुधबार बिहान आफ्नै निवासमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआइजी केशवप्रसाद अधिकारी र यातायत व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाललाई बोलाएर अर्को बहसलाई निम्त्याएका छन् ।
नेताले १५ वर्षको माइक्रो सहचालकलाई प्रहरी नै लगाइहाल्नु ठीक थियो कि थिएन भन्नेबारे सोसल मिडियामा बहस भइरहेको छ । यसबारे छलफल गर्न श्रेष्ठले बुधबार सरकारी हाकिमलाई घरैमा बोलाएपछि थप बहसको मसला सिर्जना भएको छ । नेता श्रेष्ठले यसरी सरकारी हाकिमलाई घरैमा बोलाउनुलाई तपाई कसरी लिनुहुन्छ ?
१. आफ्ना केही गुनासाहरु भए नारायणकाजीले ट्राफिक कार्यालय वा यातायात व्यवस्था विभागमै भएर भन्नुपथ्र्यो, हाकिमलाई घरैमा बोलाउनु गल्ती भयो ।
२. सरकारी कर्मचारी मालिक होइनन्, जनताका सेवक हुन् । सेवाग्राहीले आफ्नैमा आउनुपर्छ, आफू जनताकोमा जानै हुन्न भन्ने सरकारी सोचाइ अलोकतान्त्रिक सोचाइ हो ।
३. राम्रो काम एवं सार्वजनिक हितका लागि नेता श्रेष्ठले गरेको यो छलफललाई सकारात्मक रुपमा लिनुपर्छ । को कुन ठाउँमा गयो भन्ने विषय प्रमुख होइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित