Comments Add Comment

धान मकैको उत्पादन बढ्ने, दलहन घट्ने प्रक्षेपण

२६ असार, काठमाडौं । चालु आर्थिक वर्षमा धान मकैको उत्पादन बढ्ने सरकारले प्रारम्भिव अनुमान गरेको छ । समयमा भएको मनसुन र कृषि प्रविधिको प्रयोगका कारण धान मकैको उत्पादन बढ््ने अनुमान सरकारले गरेको हो ।

dhan-osaudaiअर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार यस वर्ष धानको उत्पादन गत वर्षको तुलनामा १२ प्रतिशत र मकैको उत्पादन ९.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत वर्ष ४५ लाख मेटि्रक टन धान उत्पादन भएकोमा यस वर्ष ५० लाख मेटि्रक टन धान उत्पादन हुने प्रक्षेपण छ ।

गत वर्ष मकै २० लाख मेटि्रक टन उत्पादन भएकोमा यस वर्ष २२ लाख मेटि्रक टन उत्पादन हुनेछ । गहुँको उत्पादन गत वर्षकै हाराहारीमा १८ लाख मेटि्रक टन उत्प्ाादन हुने अनुमान गरिएको छ ।

कोदोको उत्पादन ०.०५ प्रतिशतले घटेर ३ लाख मेटि्रक टन, जौंको उत्पादन ५.८ प्रतिशतले घटेर ३४ हजार मेटि्रक टन, फापरको उत्पादन २.८ प्रतिशतले बढेर १ लाख मेटि्रक टन उत्पादन हुने सरकारी प्रक्षेपण रहेको छ ।

दलहनको उत्पादन गत वर्ष १२ प्रतिशतले बढेकोमा यस वर्ष १७.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । सरकारी प्रक्षेपणअनुसार गत वर्ष दलहन ३ लाख ५५ हजार मेटि्रक टन उत्पादन भएकोमा यस वर्ष २ लाख ९४ हजार मेटि्रक टनमात्र उत्प्ाादन हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment