२७ असार, काठमाडौं । रोजगारीका लागि प्रत्येक दिन १ हजार ५ सय नेपाली विदेशिने गरेको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आन्तरिक रोजगारीको अवसर नपाएर विदेशिनेहरुमा ७४ प्रतिशत अदक्ष छन् । कामको खोजीमा बिदेश जानेहरुमा एक प्रतिशत मात्र दक्ष जनशक्ति छन् भने २५ पतिशत अर्धदक्ष रहेका छन् ।
बाषिर्क ४ लाखभन्दा बढी नेपाली श्रम बजारमा प्रवेश गर्ने गरेका छन् तर, रोजगार बृद्धि दर भने २.९ प्रतिशत छ ।
बैदेशिक रोजगारीका लागि हालसम्म १०९ मुलुक खुला गरिएको छ । ११ लाख ९२ हजार ९ सय २४ जना श्रम स्वीकृति लिएर भारतबाहेकका देशमा रोजगारीमा गएका छन् । जसमा ६१ हजार ८७ महिला छन् ।
११ मुलुकमा श्रम सहचारी राख्ने व्यवस्था भएपनि साउदी अरव, दक्षिण कोरिया, यूएइ, कतार कुवेतमा मात्र छन् । सरकारकेा तथ्यांक अनुसार यो आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ लाख ८५ हजार ६ सय ६२ जनालाई वैदेशिक रोजगारीका लागि पूर्व स्वीकृति दिइएको छ । विदेश गएर फर्किएका १ लाख ९ हजार ४ सय २७ फेरि सोही देशमा फर्किएका छन् ।
सबैभन्दा बढी कतारमा २ लाख २६ हजार ७०७, मलेसियामा १ लाख ६८ हजार ७१, साउदीमा ७३ हजार २९७ र यूएयमा ९५ हनार ५८७ जनाले रोजगारीका लागि पूर्व स्वीकृति लिएका छन् । कुबेत, बहराइन, ओमान, अफगानिस्तान, जापान र अन्य मुलुकको संख्या भने न्यून छ ।
प्रतिक्रिया 4