Comments Add Comment

साढे २५ हजार किलोमिटर सडकमा १७ लाख गाडी

नविन अर्याल

२७ असार, काठमाडौं । नेपालमा सडकको अवस्था नाजुक भए पनि सवारी प्रयोगकर्ताको संख्या भने हृवात्तै बढेको छ । फागुन मसान्तसम्मको अवस्था हेर्दा नेपालमा २५ हजार ५ सय ९९ किलोमिटर सडकमा १६ लाख ८७ हजार ४ सय ७८ सवारी साधन दौडिन्छन् ।

सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा फागुनसम्म सडक विस्तार भन्दा सवारी वृद्धिदर उच्च देखिएको छ । कुल सडकमध्ये जम्मा १० हजार ८ सय १० किलोमिटर सडक कालोपत्रे भएको छ । कलोपत्रे भइसकेको सडक पनि जतासुकै भत्किएर अत्यन्त नाजुक बनेको देखिन्छ ।

अहिले नेपालमा अधिकांश गाडीहरु कच्ची र ग्राभेल सडकमा दौडिन बाध्य छन् । फागुनसम्मको तथ्यांक हेर्दा ८ हजार ८ सय ६४ किलोमिटर सडक कच्ची अवस्थामा रहेको छ भने ५ हजार ९ सय २५ किलोमिटर सडक ग्राभेल भएको छ ।

VEHICLES

आर्थिक वर्ष २०४६/०४७ मा साना ठूला गरी ७६ हजार ३ सय ७८ सवारी यातायात व्यवस्था विभागमा दर्ता भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म उक्त संख्या बढेर १६ लाख ८७ हजार ४ सय ७८ पुगेको छ ।

आर्थिक वर्ष २०५९/०६० मा १७ किलोमिटर सडक निर्माण भएकोमा चालु आवको फागुनसम्म साढे २५ हजार किलोमिटर पुगेको छ । उता आव २०५९/०६० मा ४ लाख सवारी दर्ता भएकोमा यस फागुनसम्म झण्डै १७ लाख पुगेका छन् । जुन वृद्धिदर सडक सञ्जालको भन्दा सवारी संख्याको बढी देखिन्छ ।

यस अवधिसम्म नेपालमा ३१ हजार ५ सय ९४ वटा बस, १४ हजार २३ वटा मिनी बस तथा मिनी ट्रक, ५१ हजार ८ सय ७४ वटा क्रेन/डोजर/एक्जाभेटर/ट्रक यातायात व्यवस्था विभागमा दर्ता भएका छन् ।

त्यसैगरि, फागुनसम्म १ लाख ४६ हजार १ सय २४ वटा कार/जीप/भ्यान, २१ हजार ९ सय ४३ पिकअप, २ हजार ७ सय ९ माइक्रो, ७ हजार ५ सय १५ टेम्पो दर्ता भएका छन् । १३ लाख १६ हजार १ सय ७२ मोटरसाइकल दर्ता भएका छन भने ८९ हजार ३१ वटा ट्रयाक्टर तथा पावर टेलर र ६ हजार ४ सय ९३ अन्य गाडीहरु दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment