६ साउन, काठमाडौं । वेदर राडारमा समस्या आएपछि ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको चिनिया जहाज ‘एम-६०’ले आजदेखि नियमित उडान थालेको छ । निगमले जहाजको राडार मर्मत गरी नियमित सेवामा लगाएको हो ।
जहाजले आज काठमाडौं-विराटनगर-काठमाडौं उडान अवतरण गरेको छ । ‘एम-६०’ मा समस्या आएर ग्राउन्डेड भएपछि निगमको विराटनगर उडान स्थगित भएको थियो ।
अबदेखि निगमले विराटनगरका लागि आइतबार बाहेक हप्तामा ६ दिन र भैरहवाका लागि हप्ताको २ दिन बुधबार र शनिबार नियमित हुडान गर्ने जनाएको छ ।
निगमका अनुसार जहाजले काठमाडौंबाट विराटनगरका लागि विहान ८ बजे र भैरहवाका लागि विहान ११ बजेर २० मिनेट जाँदा उडान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4