Comments Add Comment

४३ वर्ष पुग्दा पनि श्रीमान् पाइनन् तबुले

Tabu
मुम्बइ । उमेरले ४३ वर्ष पूरा भइन् अभिनेत्री तबु । ८० भन्दा बढी फिल्ममा काम गरेकी तबुले अहिलेसम्म दुई पटक नेशलन अवार्ड पाएकी छिन् । तर, श्रीमान अझै पाएकी छैनन् ।
सन् १९८२ बनेको हिन्दी फिल्म ‘बजार’वाट उनले अभिनय सुरु गरेकी थिइन् । हिन्दीका अतिरिक्त तमिल, तेलुगु, मराठी, बंगाली लगायत अन्य थुप्रै भाषिक सिनेमामा अभिनय गरेकी छिन् उनले ।
भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड पद्यश्री अवार्ड पाएकी तबु सशक्त अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छिन् । ९० को दशककी चर्चित हिरोइन फराह नाजकी बहिनी तबुको अहिलेसम्म कुनै पुरुषसंग नाम जोडिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment