+
+

सलमानलाई उछिने कपिल शर्माले

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते ९:३२

KAPIL-sharmaमुम्बई । भारतीय टेलिभिजन च्यानलमा रियालीटि शोको टिआरपी दौडमा अभिनेता सलमान खानलाई कमेडियन कपिल शर्माले उछिनेका छन् ।
गएको हप्ता पहिलो स्थानमा आउन सफल सलमान खानले सञ्चालन गरेको कार्यक्रम ‘बिग बोस’ अहिले दोस्रो स्थानमा झरेको छ । कपिल शर्माले सञ्चालन गर्ने ‘कमेडी नाइट वीथ कपिल’ पहिलो स्थानमा उक्लिएको छ ।
टिआरपीको यो नजिता सार्वजनिक भएसँगै बीगबोसको प्रस्तुती कमजोर हुँदै गएको अनुमान गरिएको छ ।
धाराबाहिक सिरियलको हकमा ‘दीया और बात्ती हम’को रवाफ घटेको छैन । उसको पहिलो स्थानको रजाईँलाई अन्य कुनै पनि सिरियलले तोड्न सकेनन् यो हप्ता ।
‘साथिया साथ निभाना’ दोस्रो स्थानमा छ भने ‘ये हे मोहब्बत’ तेस्रो स्थानमै छ । टेलिभिजन च्यानलको कुरा गर्ने हो भने पहिलो स्थानमा स्टार प्लस रहेको छ भने दोस्रो स्थानमा आएको छ कलर्श र तेस्रो स्थानमा जिटीभी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?