Comments Add Comment

बिबाहका लागि सुन्दर टापु खोज्दै शाहिद कपुर

shahid-kapoor

मुम्बई । दिल्लीकी मीरा राजपूतसँग बिबाह गर्ने तयारीमा रहेका अभिनेता शाहिद कपुर अहिले सुन्दर टापुको खोजीमा छन् । उनको चाहना छ-‘ विवाह कुनै सुन्दर टापुमा गर्न पाईयोस् ।’

यो वर्षको अन्त्यमा विवाह गर्ने तयारीमा रहेका शाहिदले विवाह स्थलका विषयका परिवारका सदस्यसँग सल्लाह गरिसकेका छन् । उनको परिवारले पनि सुन्दर टापुमा बिबाह गर्ने सहमति जनाएको छ ।

तर, मीराको परिवारले भने विवाह बढी महंगो नहोस् भन्ने चाहेका छन् । केही सिमित आफन्त बोलाएर बिबाह गर्ने योजनामा मीराका परिवारका सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment