९ असार, धनकुटा । नेपाली कांग्रेस धनकुटा क्षेत्रनम्वर १ का सभापति गोविन्द कार्कीको बुधबार निधन भएको छ ।
भेडेटारस्थित आफ्नै घरको स्नान कक्षमा बेहोस भेटिएका कार्कीलाई बिहान ८ बजे धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । त्यसलगत्तै चिकित्सकहरुले कार्कीलाई मृत घोषित गरेको कांग्रेस धनकुटाका प्रचार विभाग प्रमुख बिजयसन्तोषी राईले बताए ।
कार्कीको निधनमा धनकुटा कांग्रेसले ३ दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।
उच्च रक्तचाप र मधुमेहबाट पीडित ५३ वर्षीय कार्कीका श्रीमति, छोरी र एक छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4