+
+
Shares

ओली निवासमा मोदीका दूतको २ घण्टा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते १४:०५

S-jaySankar-At-Kp-oli-Niwas

१ असोज,काठमाडौं । बालकोटबाट राजनीतिक भेटवार्ता थालेका भारतीय प्रधानमन्त्रीका विशेष दूत एस जयशंकरले एमाले अध्यक्ष केपी ओलीसँग २ घण्टा वार्ता गरेका छन् ।

भारतीय विदेश सचिव जयशंकरले आफ्नो विशेष भेटघाट नै एमाले अध्यक्ष ओलीबाट शुरु गरेका हुन् । ‘बढिमा एक घण्टाको समय अनुमान गरिएको थियो, तर सामुहिक र दुई जनाको मात्रै अलग अलग छलफल लम्बिएर २ घण्टा नाघ्यो’ स्रोतले भन्यो ।

सामुहिक छलफलमा एमालेबाट ओलीसँगै प्रमुख सचेतक अग्नि खरेल थिए । भारतीय पक्षबाट विशेष दूत जयशंकरका साथै राजदूत रन्जित रे, भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र दूतावासका उच्च अधिकारी विनकुमार र गोपाल कृष्ण सहभागी थिए ।

Kp oli With S Jaysankar

मोदीका विशेष दूतले नेपालको पछिल्लो अवस्थामा प्रधानमन्त्रीको चासो सुनाउँदै संविधान निर्माणका सन्दर्भमा के भएको हो भनेर ओलीसँग बुझ्न खोजेका थिए ।

ओलीले संविधानसभाका ९० प्रतिशतभन्दा बढि प्रतिनिधिको सहभागिता र ८५ प्रतिशत भन्दा बढिको समर्थनमा संविधान पारित भएको बताएका थिए । ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो-हामीले सयमा सय बनाउन खोजेका हौं, तर त्यो संसारमा कहिँ पनि हुँदैन, हामी संविधान जारी हुने बेलासम्म ९५ प्रतिशत नघाउछौं ।’

ओलीको संकेत फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको मोर्चाप्रति थियो ।

एमाले अध्यक्ष ओलीले संविधान पारित भएपछि जनता दिपावलीमा लागेको र सिंगो देशले खुसी मनाइरहेको बताएका थिए । उनले धेरै प्रयत्न गर्दा पनि केही दल संविधान निर्माण छाडेर आन्दोलनमा लागेको र त्यसबाट मानवीय क्षति भएको भन्दै उचित मागलाई संविधान जारी भएपछि पनि सम्बोधन गर्ने ठाउँ रहेको बताए ।

भेटमा नेपालको संविधान जारी हुन लागेकोमा जयशंकरले भारत सरकारको तर्फबाट खुसी प्रकट गरेको भेटमा सहभागी नेता अग्नि खरेलले बताए । खरेलका अनुसार जयशंकरले असहमत रहेका दलहरुलाई पनि सहभागी गराउन सकेको भए झनै राम्रो हुने बताएका थिए ।

उनले कस्तो संविधान जारी गर्ने र को-को सहभागी हुने भन्ने आन्तरिक मामिला भएकाले भारतले कुनै सल्लाह नदिने तर, नेपालको शान्ति र स्थिरताप्रति भारत चिन्तित रहेको बताएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?