Comments Add Comment

आर्यनसँग अनमोल र दयाको भिडन्त, नम्रतालाई केकी र शिल्पाको चुनौती

shilpa-pokheral
अन्तररराष्ट्रिय नेपाली कलाकार समाज -इनास)ले आयोजना गर्न लागेको ‘तेश्रो इनास अवार्ड-२०१४’का लािग उत्कृष्ट मनोनयन सार्वजनिक गरेको छ । काठमाडौमा कार्यक्रम गरेर मनोनयनमा परेका उत्कृष्ट तिन प्रतियोगिलाई प्रमाणपत्र प्रदान गरेको छ ।

प्राय अवार्डमा ५ प्रतियोगीको मनोनयन सार्वजनिक गर्ने चलन रहेपनि इनासले तीन प्रतिस्पर्धी मनोनयन सार्वजनिक गरेको छ । १४ विधामा असोज २५ मा भव्य समारोहका विच अवार्ड प्रदान गरिने भएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरिनेछ ।

चर्को प्रतिस्पर्धाबाट तीन छानिएको बताउँदै जुरी मध्येकी एक सदस्य सरिता लामिछानेले अवार्डलाई मौलिक बनाउन यो शैली अपनाएको बताईन् ।

सर्वोत्कृष्ट चलचित्रका लागि ‘टलकजंग भर्सेज टुल्के, कबड्डी र नोभेम्बर रेन’विच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै निश्चल बस्नेत,  रामबाबु गुरुङ र दिनेश राउत सर्वोत्कृष्ट निर्देशकको प्रतिस्पर्धामा छन् ।aaryan-award
अनमोल केसी, दयाहाङ राई र आर्यन सिग्देल सर्वोत्कृष्ट नायकको प्रतिस्पर्धामा रहेको यो अवार्डमा केकी अधिकारी, शिल्पा पोखरेल र नम्रता श्रेष्ठविच सर्वोत्कृष्ट नायिकाको विधामा प्रतिस्पर्धा हुने भएको छ । मनोनयनमा परेको अन्य विधा यस्तो छ ।

सर्वोत्कृष्ट छाँयाकार
शैलेन्द्र डी कार्की -जेरी
सञ्जय लामा – स्टुपीड मन
पुरुषोत्तम प्रधान- कबड्डी

उत्कृष्ट सम्पादन
निमेश श्रेष्ठ- कबड्डी
विपिन मल्ल- वितेका पल
लोकेश बज्राचार्य-टलकजंग भर्सेज टुल्के

उत्कृष्ट आलेख
रामबाबु गुरुङ/उपेन्द्र सुब्बा- कबड्डी
विपिन मल्ल- वितेका पल
विकास आचार्य- नाई नभन्नु ल-२

उत्कृष्ट संगीत
शम्भुजित बास्कोटा- कोहिनुर
अर्जुन पोखरेल- स्टुपिड मन
वसन्त सापकोटा- नाई नभन्नु ल-२

उत्कृष्ट गीतकार
डा कृष्णहरी बराल-नाई नभन्नु ल-२
अर्जुन पोखरेल-स्टुपिड मन
दिनेश राउत – नोभेम्बर रेन

उत्कृष्ट गायक
प्रेम परियार- नाई नभन्नु ल-२
स्वरुपराज आचार्य- स्टुपिड मन
बाबु बोगटी -बितेका पल

उत्कृष्ट गायिका
अन्जु पन्त -स्टुपिड मन
प्रकृती गिरी – वितेका पल
प्रविशा अधिकारी -नोभेम्बर रेन

उत्कृष्ट नृत्य
वसन्त श्रेष्ठ -कोहिनुर
गम्भिर विष्ट- टलकजंग भर्सेज टुल्के
शंकर वीसी – बितेका पल

उत्कृष्ट द्धन्द्ध
चन्द्र पन्त -लज्जा
अष्ट महर्जन -स्टुपिड मन
एनबी महर्जन -६ एकान ६

उत्कृष्ट वालकलाकार
संगम विष्ट – लभ यू बाबा
अमर लामा -श्री ५ अम्बरे
अनुभव रेग्मी -नाई नभन्नु ल-२

मनोनय सार्वजनिक भएसँगै नृत्य निर्देशक विधामा चलचित्र ‘वितेका पल’बाट परेका नृत्य निर्देशक शंकर वीसी र उत्कृष्ट गायकको विधामा परेका गायक वावु बोगटीले मनोनयनबाट आफूहरु बाहिरिएको घोषणा गरे ।

इनासको नेपाल शाखाको कार्यसमितीमा रहेकाले पनि यी दुइले मनोनयनबाट बाहिरिने निर्णय गरेका हुन् । यसअघि अवार्ड समारोह जर्मनी र नेदरल्याण्डमा आयोजना भएको थियो । कार्यक्रममा इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment