+
+
Shares

गृहणीको व्यवसाय : माछा पालेर मालामाल

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २२ गते १२:३९

Parbati-Rijal-Bardiya

२२ पुस, बर्दिया । बर्दिया सोह्रहवा-२ जगतपुरकी पार्वती रिजाल सामान्य गृहिणी हुन् । तर, हिजोआज उनी सफल माछा उद्यमी महिलाको रुपमा चिनिन थालेकी छिन् ।

लघुउद्यम व्यवसायिक तालिम लिएपछि उनले ०६४ सालबाट व्यवसायिक माछापालन सुरु गरिन् । पहिला धान र गहुँ मात्र खेती हुने जमिनमा माछापालन गरेर वर्षको दुईपटक बेच्दा झण्डै ५ गुणा बढी आम्दानी गर्छिन् । उन्नति लघुउद्यमी समूहकी अध्यक्षसमेत हुन् उनी ।

रिजालले मत्स्य नर्सरी तथा खानेमाछा उत्पादन फर्मको नाममा ०६५ देखि ५ कठ्ठामा पोखरी बनाएर माछा पाल्न सुरु गरेकी थिइन् । अहिले त्यसलाई बढाएर १ विगाह १० कठ्ठमा माछापालन तथा भूरा उत्पादन गरिरहेकी छिन् । सुरुका केही वर्ष अरुको पोखरी भाडामा लिएर पनि माछा पालेकी उनले अहिले आफ्नै पोखरीमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी छन् ।

Fishing

अष्ट्रेलियाको सहयोगमा युएनडिपी नेपाल र नेपाल सरकारद्वारा सञ्चालित लघुउद्यम विकास कार्यक्रममार्फत जिल्लामा गरिबी न्यूनिकरण र उद्यमशीलता विकासको लागि जिल्ला लघु उद्यमी समूह संघ बर्दियामार्फत पार्वती जस्ता गृहिणी किसानलाई व्यवसाय सञ्चालनको तालिम दिइँदै आएको छ ।

‘सुरुका दिनहरुमा अति नै अप्ठेरो भयो, पछि विस्तारै-विस्तारै काम सिकियो,’ पुराना दिनहरु सम्झदै उनले भनिन् । माछाका लागि आवश्यक पर्ने दाना, घाँस, पिना र नियमित हेरचाह गर्नको लागि अन्य खेतिसरह नै समय दिनुपर्ने उनको भनाई छ ।

अरुको पोखरी समेत भाडामा लिएर व्यवसाय सञ्चालन गरी कमाएको पैसाले १० कठ्ठा जमिन किनेर अहिले आफ्नै पोखरीमा व्यवसाय सञ्चालन गर्दै आएको रिजाल बताउछिन् । उनले पाँच वर्ष अरुको पोखरी ठेक्कामा लिएर माछा पालन गरेकी थिइन् । हाल आफ्नै व्यवसायको आम्दानीले दुई छोरीलाई स्नातक र एक छोरालाई प्लस टुमा पढाइरहेकी छन् । एक छोरीको भने विहेवारी भइसकेको छ ।

उनले लघु उद्यम विकास कार्यक्रमले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न खालका तालिम दिनुका साथै माछा झिक्नका लागि आवश्यक पर्ने जाल, पोखरीमा पानी हाल्नको लागि होण्डा मिसिन तथा बेलाबेलामा आवश्यक पर्ने सरसल्लाह पाएकोले आफू सफल हुन सकेको दावी गरिन् ।

Fishing-2रिजालले माछाबाट मात्रै वर्षको दुई सिजनमा गरी सबै खर्च कटाएर ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । यसका अतिरिक्त माछाको भुरा उत्पादनबाट पनि थप आम्दानी हुन्छ । माछाको सिजनमा नेपालगन्ज, गुलरिया, कोहलपुर, खजुरालगायतका ठाउँबाट व्यापारीहरु माछा किन्न पोखरीमै पुग्ने गरेका छन् । पोखरीबाट माछा झिक्न स्थानीय सिकारीहरुलाई प्रतिकिलो १० मा ठेक्कामा दिने गरेको रिजालले बताइन् ।

माछापालनमा थुप्रै कठिनाइहरु समेत छन् । रिजाल भन्छिन्, ‘चरा, सर्प र स्याल माछाका लागि सत्रु हुन् । तर त्योभन्दा पनि अचानक लाग्ने रोगले माछा मर्दा सिजनकै व्यापार चौपट हुन्छ ।’

सोही समुहमा आवद्ध रहेकी तारा सुवेदीले १ विगाहमा माछापालन गर्दै आएको बताइन् । उनले एक सिजनमा करिव ७५ हजार र वर्षको डेढ लाखसम्म आम्दानी गर्ने गरेकी छिन् । अर्की भूरी थारुले १० कठ्ठामा र लोहनी थारुले ६ कठ्ठामा माछा खेती गर्दै आएका छन् । उनीहरु पनि पार्वतीले जस्तै व्यावसायिक माछाखेती गर्ने योजनामा भए पनि आवश्यक जमिनको अभावले सानो पोखरीमा नै चित्त बुझाउन परेको बताउँछन् ।

लघुउद्यम विकास कार्यक्रम (डिमेगा) बर्दियाका व्यवसाय विकास परामर्शदाता लक्ष्मी ज्ञवालीले पार्वतीजस्ता लघु उद्यमी महिलाहरुको मेहनत र लगनशीलताले बर्दियाको स्वरुप नै फेरिएको दावी गरिन् । उनले सोहह्रवामा १०-१० जनाको ४० वटा विभिन्न व्यवसाय सञ्चालन गर्ने समुह रहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?