१३ वैशाख, भैरहवा । वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका एक नेपालीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् ।
करिब ३ महिना अघि रुपन्देहीको मानपकडी गाविस १ का ३३ वर्षीय रामनिवास यादव रोजगारीका लागि साउदीको रियाद शहरको ११ कुबरी अलखाराजी रोड स्थित रहेको अल-एमामा स्टिल फर्निचर कम्पनीमा पुगेका थिए ।
उनी काठमाण्डौँको सामाखुशी स्थित स्टिरलिङ ओभरसिज प्रालि मार्फत साउदीको अल-एमामा कम्पनीमा रोजगारीका लागि पुगेका हुन् ।
तर २ महिना ८ दिन काम गरेपछि पेटमा समस्या आएपछि काम गर्न नसकेको र आफुलाई नेपाल पठाईदिनका लागि कम्पनीमा आग्रह गर्दा कम्पनीले कुनै सुनवाई नगरेकाले अफुलाई उद्धारकोपहल गरिदिन उनले अनुरोध गरे ।
उनक अनुसार पेटमा समस्या आएपछि अस्पतालमा गएर चेकजाँच गराउँदा अस्पतालले अल्सर भएको बताएको थियो । ‘काम गर्न सकेको छैन, आफुसँग रहेको पैसा पनि उपचार गराउँदा सकियो’ उनले टेलिफोनमा अनलाइनखवरकर्मीसँग भावुक हुँदै भने-‘औषधिले केही सुधार भएको छैन, मलाई नेपाल आउनमा पहल गरिदिनुस, मलाई आफ्नो बालबच्चाको मुख हेर्न मन लागेको छ ।’
उनी १७ दिनदेखि बिरामी अवस्थामा छन् । खाना पानी दिने पनि कोही नभएर अलपत्र परिरहेको उनले अनलाइनखवरसँग बताए । ‘कम्पनीले पनि हेर्दैन, घर जान्छु पठाइदेउ भन्दा पनि सुन्दैन, मेरो बिजोग भो’ यादवले भने ।
प्रतिक्रिया 4