Comments Add Comment

पाल्पाकी गीताबाट उद्यमशीलता सिकौँ

gita basyal1८ जेठ, काठमाडौं । सम्मान र स्वतन्त्रता । पाल्पाकी गीता बस्याल दुई शब्दमा उद्यमशीलतालाई यसरी परिभाषित गर्छिन् । सम्मान उनी चाहन्छिन् आफ्नो समुदायमा । र, स्वतन्त्रता जुन उद्यमको माध्यमबाट सम्भव छ ।

‘मेरा श्रीमानले कहिले काहीँ मसँगै पैसा माग्नुहुन्छ’, उनी हाँस्दै भन्छिन् ।

पुरुषहरू नै हर्ताकर्ता रही आएको समुदायमा हुर्किएकी गीता अहिले पाल्पामा महिला उद्यमीहरूको प्रेरणाकी स्रोत बनेकी छन् । उनले आˆनो गर्वका साथ श्रीमानका साथै पूरा परिवारको खर्च धानेकी छन् ।

गीतासँग अहिले १३ सय कुखुरा, ४५ सय गोलभेँडाका बोट र ३ सय काँक्राका बिरुवा छन् । निकट भविष्यमै १० हजार कुखुरा पाल्ने उनको योजना छ ।

तर, यसो गरिरहँदा उनी आफ्नो परिवारको हेरचाहमा कुनै कमी हुन दिन चाहन्नन् । उनका लागि उद्यम जति महत्वपूर्ण छ परिवार त्यो भन्दा बढी नै छ ।

‘तर दुवै भूमिका एकैसाथ निभाउन गाह्रो पो हुँदो रहेछ’, उनी स्वीकार्छिन् । ‘जब आफूले गोडमेल गरेका बिरुवा हुर्किन्छन् तब छुट्टै आनन्द लाग्दो रहेछ’ ।

गीताको उद्यमशीलता यात्रा तब सुरू भयो जब उनले एक क्यानडेली प्रोफेसरलाई भेटिन् । उनका शब्दहरू अझै पनि गीताका कानमा गुज्जिन्छन् । ‘भावी पुस्ताले सुख पूर्ण जीवन व्यतीत गर्नेका लागि अहिलेको पुस्ता परिश्रम र त्याग गर्न तयार हुनुपर्छ ।’

gita basyal2उनी भन्छिन् हरेक दिन उस्तै जाँगरका साथ काम गर्ने जोस उनलाई यही सोचले दिन्छ । उनलाई थाहा छ की उनका २ छोराछोरी पढाउनुछ र उनीहरूको रूचिको काममा लगाउनु छ ।

उनकी छोरीले छानेको करियार गीताले आफ्ना भावी पुस्ताका लागि कुनै कसर छाडेकी छैनन् भन्ने कुराको जीवन्त उदाहरण हुन् । उनी अहिले एमबीबी एस पढिरहेकी छिन, त्यो पनि आफ्नै आमाको खर्चमा !

आफ्ना छोराछोरीको भविष्य उज्जवल पार्नु उनको पहिलो उद्देश्य हो, अन्तिम भने होइन । उनी आफ्नो सम्बृद्धि अरूसँग बाँड्न चाहन्छिन् सकेसम्म बढीलाई रोजगारी दिएर । उनको चाहना छ कम्तिमा १५/२० जनालाई रोजगारी दिने ताकि उनीहरूले पनि आफ्ना सन्ततिको भविष्य बनाउन सकून् । यी विषयमा उनको परिवार पनि एकमत छ ।

गीताले जतिको पारिवारिक सहयोग पाएकी छिन्, दुर्भाग्यवस पाल्पामै सबै महिलाले पाउँदैनन् । आफ्नै उद्यम सुरू गर्ने उर्जा भएका महिलाहरूले थुप्रै अप्ठ्याराहरूको सामना गर्नुपर्छ । सरकारी सेवा सुविधामा पहुँचको कुरो त टाढाको विषय हो, उनीहरूको आफ्नो श्रीमानको पूर्ण सहयोगमा ‘पहुँच’ हुँदैन ।

तर, गीता बस्यालजस्ता दृढ निश्चय र अटल आत्म विश्वास हुने महिलाहरूका लागि आˆनै उद्यम सुरू गर्नु गाह्रो भए पनि असम्भव भने छैन । सरकारी र सामुदायिक सहयोग नगण्य हुँदा त गीता बस्यालहरू अघि बढिरहेका छन् । यी दुवै चिज उपलब्ध हुँदो हो त थप कति महिला उद्यमी अघि बढ्न सक्लान् ? अनुमान गर्न पनि गाह्रो छ !

-दायित्वको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment