Comments Add Comment

घोषणा भयो निखिल र नीताको ‘निर्भय’, नायिकालाई स्थान जोगाउनै मुश्किल

neeta and nikhil
नायक निखिल उप्रेती र नायिका नीता ढुंंगानालाई मुख्य भूमिकामा लिएर चलचित्र ‘निर्भय’को घोषणा गरिएको छ । आज काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै मधुसुदन भट्टराइले निर्देशन गर्ने चलचित्रको घोषणा गरियो । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत्त कार्यक्रमका प्रमुख अतिथी थिए ।

प्रसिद्धि सिने आर्टस्को प्रस्तुतीमा तयार हुन लागेको चलचित्रको छायांकन जेठ १६ गतेबाट सुरु हुनेछ । चलचित्रलाई चितवन, काठमाण्डौ लगायतका स्थानमा खिच्ने योजना निर्माणपक्षको छ ।
चलचित्रको रिलिज मंसिरमा गरिने निर्देशक भट्टराइले बताए । नायक निखिल उप्रेतीलाई यो चलचित्रमा भरपुर एक्सन गर्दै गरेको अवस्थामा दर्शकले देख्नेछन् ।aakash and ramsaran mahat

चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना, सुशिल पोख्रेल, प्रज्वल गिरी मुख्य भूमिकामा रहनेछन् । देविप्रसाद पाण्डे निर्माता रहेको चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोख्रेल र ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको एक्सन रहनेछ ।

चलचित्र क्षेत्रमा छोटो समयमै करिअर बनाएपनि नायिका नीता ढुंगानालाई अहिले भने करिअर जोगाउन नै मुश्किल देखिएको छ । गतबर्ष २ चलचित्र असफल हुनु मुख्य कारण रह्यो । अहिलेसम्म यो बर्षका लागि नीताले काम गर्ने भनिएको यो एउटा मात्र चलचित्र हो । यसैले पनि ‘निर्भय’ नीताका लागि करिअर जोगाउन निर्भर रहने देखिएको छ ।nirvaya team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment