Comments Add Comment

जेठ महिनामा अनमोल र श्रृष्टीको होली, कस-कसले साथ दिए ?(भिडियो)

shritshti shrestha in holly
रिलिजको मिति नजिकिदै जाँदा चलचित्र ‘गाजलु’को निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ ।
रिलिज गरिएको गीतमा चलचित्रका कलाकार होली खेल्दैछन् ।’ रंग रंग’बोलको गीतमा होलीको सन्दर्भ समेटिएको छ । जैन जेको शब्द, संगीत र शिवानी मोक्तानको स्वर रहेको गीतमा चलचित्रमा आबद्ध सबै पात्र समेटिएका छन् ।

कलाकारहरु श्रृष्टि श्रेष्ठ, अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, मेनुका प्रधान, ऋतिक शाही यो गीतमा फिचर गरिएका छन् । हेमराज बिसीको निर्देशन रहेको यो चलचित्र जेठ २८ देखि प्रदर्शन हुने भएको छ ।

चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । गतबर्षको होलीमै यो गीत रिलिज गर्ने तयारी यसको निर्माणपक्षले थालेको थियो ।

तर, विविध कारणले चलचित्रको गीत रिलिज हुन सकेन । जेठ महिनामा खेलिएको होलीलाई दर्शकले कसरि लिने हुन् त्यो यो गीतबाट आएको प्रतिक्रियाले नै थाहा हुनेछ । तर, यो बर्षकै प्रतिक्षित चलचित्रका लागि अहिले निर्माणपक्ष प्रचारमा दौडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment