२३ जेठ, काठमाडौं । होटल संघ नेपाल (हान)ले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय वमिानस्थल प्रवेशद्धारमा बागबगैंचा तथा सारसज्जा गरी सुसज्जित बनाउने भएको छ ।
हानले आफ्नो पचासौं वर्ष गाँठको अवसर पारेर १० लाख भन्दा बढी लगानीमा बगैंचा बनाउन लागेको हो । नेपाल भित्रिने पर्यटकहरुको स्वागतका लागि बगैंचा बनाउन लागेको हानको भनाई छ ।
यस विषयमा प्रथम उपाध्यक्ष अमरमान शाक्य र त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो काम तुरुन्त सुरु गरी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4