जोआओ मारियो
यो कुनै आश्चर्यको कुरा होइन कि आफूलाई बचाउनका लागि आइसल्याण्डले आजको खेलमा आफ्नो रक्षा पंक्तिमा निक्कै जोड दिनेछ । पोर्चुगललाई आफ्नो लक्ष्य पूरा गर्नका लागि रचनात्मक प्रदर्शन गर्नुपर्ने हुन्छ ।
पोर्चुगिज घरेलु लिगमा यो सिजन सबैभन्दा उत्कृष्ट र रचनात्मक प्रदर्शन गर्ने खेलाडी जोआओ मारियोभन्दा उत्कृष्ट अरु छैनन् ।
स्पोटिङका मिडफिल्डर मारियोको खेलकला र दूरदर्शिता पोर्चुगलका लागि जरुरी हुनसक्छ । यस्तो भएमा आश्चर्य मान्नु पर्दैन कि भोलिका पत्रिकाका हेडलाईनमा रोनाल्डो र क्वारेस्माका अलावा मारियोको पनि नाम आउनेछ ।
२३ बर्षीय युवा मिडफिल्डर मारियोले अहिलेेसम्म पोर्चुगलका लागि ११ खेल खेलेका छन् । सटिक पास र उत्कृष्ट डि्रब्लिङका कारण उनी विपक्षी डिफेण्डरको टाउको दुखाई बन्न सक्छन् ।
जिफ्ली सिगर्डसन
जिफ्ली सिगर्डसन आइसल्याण्डका प्रमुख खेलाडी हुन् जसले पोर्चुगिज डिफेन्सलाई तहस नहस पार्न सक्छन् । त्यतिमात्रै होइन मिडफिल्डमा सक्रियता र पास क्लियरेन्सका कारण यी स्वान्सी मिडफिल्डरको प्रदर्शन विपक्षीका लागि घातक हुनसक्छ ।
उनी गत सिजनको पि्रमियर लिगमा कर्नर र फि्रकिक स्पेसलिष्टको रुपमा दरिएका थिए । गोलको लागि पाएका अवसरमा उनी अक्सर चुक्दैनन् । आइसल्याण्डले पोर्चुगललाई दबावमा राख्न उनको प्रदशर्न निर्णायक हुनसक्छ ।
२६ बर्षीय मिडफिल्डर सिगर्डसनले आइसल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका ३९ खेलमा १३ गोल गरिसकेका छन् ।
प्रतिक्रिया 4