Comments Add Comment

साउदीमा नेपाली कामदारको माग घट्ने अनुमान

बंगलादेशी कामदारमाथि लगाएको प्रतिवबन्ध हट्यो

saudi-arebia३१ साउन, काठमाडौं । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो ।

विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस निर्णयले नेपाली कामदारको माग हृवात्तै घट्न सक्ने सम्बन्धित व्यवसायीको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

उनीहरुका अनुसार बंगलादेशी कामदार नेपाली कामदारभन्दा न्यून पारिश्रमिकमा खाडी जाने गरेका छन् । जसका कारण रोजगारदाता कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ती व्यवसायीको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले बंगलादेशको यस निर्णयले अब नेपाली कामदारको माग ७५ प्रतिशतभन्दा बढीले घट्न सक्ने अनुमान गरिएको बताए ।

गत जुनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको वार्तामा साउदी अरेबियाले बंगलादेशी कामदारलाई पुनः मौका दिने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment