+
+
Shares

एमालेलाई राप्रपाको आग्रहः संसद अवरुद्ध गरेर अतिवादीलाई फाइदा नपुर्‍याऊँ

संविधान संशोधन प्रस्तावमा राप्रपाले अपनत्व स्वीकार नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १६:४४

leaders-of-rpp२४ मंसिर, काठमाडौं । नेकपा एमालेले व्यवस्थापिका संसद अवरुद्ध पारेर अतिवादीलाई सहयोग पुर्‍याइरहेको राप्रपाले निश्कर्ष निकालेको छ ।

शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेको छ । हरेक समस्याको समाधान संसदबाटै खोजिनुपर्ने राप्रपाको सुझाव छ ।

संसदीय दलको बैठकमा संविधान संशोधन प्स्तावका सम्बन्धमा पार्टी अध्यक्ष कमल थापाले व्याख्या गरेका थिए । यसक्रममा उनले एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका हुन् ।

त्यसैगरी राप्रपाको बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व सरकारले आफूहरुसँग परामर्श नगरेको भन्दै राप्रपा अध्यक्ष थापाले यसमा अपनत्व लिन नसकिने बैठकमा बताएका छन् ।

यदि सर्वदलीय बैठक बोलाएर सरकारले यसबारे छलफल गराएमा आफूहरुले समाधानको उपाय दिन सक्ने अध्यक्ष थापाले बैठकमा बताएका छन् ।

राप्रपा अध्यक्ष थापाले संशोधन प्रस्तावका केही बुँदाहरु आपत्तिजनक रुहेको र यसले ५ नम्बर प्रदेशमा जटिल परिस्थितिसमेत उत्पन्न गराएको दलको बैठकमा बताएका छन् । तर, मधेसको समस्या समाधान गरिनुपर्नेमा राप्रपा अध्यक्ष थापाले जोड दिएका छन् ।

दलको बैठकमा पार्टी अध्यक्ष थापाले भनेको उधृत गर्दै दलका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरसँग भने- ‘हामी सत्तापक्षमै भए पनि संशोधन प्रस्तावमा हाम्रो रिजर्भेसन छ, यो प्रस्तावमा हामी अपनत्व स्वीकार गर्दैनौं ।’

यो समाचार पनि पढ्नुहोस्

दौरासुरुवाल नलगाई राप्रपाका सांसद व्यवस्थापिकामा छिर्न नपाउने

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?