+
+
Shares

स्पेनमा नेपाली दूतावास खुल्ने, राजदूतमा भरत रायमाझी सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते १७:०९


९ फागुन, काठमाडौं । युरोपेली मुलुक स्पेनमा नेपालको आवासीय राजदूतावास स्थापना हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले स्पेनमा आवासीय राजदूतावास स्थापना गर्ने निर्णय गर्दै पहिलो राजदूतमा भरत रायमाझीलाई सिफारिस गरेको छ ।

सरकारले रायमाझीसागै कुल १४ देशमा राजदूत सिफारिस गरेको छ । स्थापना हुन बााकी दूतावासमै उनी राजदूत सिफारिस भएका हुन् ।

स्पेनमा नेपालीहरुको बढ्दो संख्यासागै दूतावास नहुादा नेपाली सेवाग्राही समस्या परेको भन्दै गैरआवासीय नेपाली संघले लामो समयदेखि दूतावास स्थापनाका लागि सरकारसाग पहल गरिरहेको थियो । स्पेनबासी नेपालीहरुले दूतावास स्थापनाका लागि परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । अहिलेसम्म स्पेनमा रहेका नेपालीहरूले पेरिसस्थित नेपाली राजदूतावासमार्फत सेवा लिँदै अाएका छन् ।

‘ हाम्रो आग्रहलाई ध्यान दिँदै स्पेनमा राजदूतावास स्थापनाको निर्णय गरेकोमा नेपाल सरकारलाई बिशेष धन्यबाद दिन चाहान्छु’ एनआरएन अध्यक्ष शेष घलेले अनलाइनखबरसँग भने- दूतावास स्थापनाका लागि पहल गरिरहेका स्पेनबासी नेपालीको चाहना पुरा भएको छ।’

नेपालीहरुको धेरै बसोबास भएका देशहरुमा राजदूतावास तथा अन्य शहरहरुमा वाणिज्य दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघले सरकारसंग माग गर्दै आएको जानकारी दिँदै अध्यक्ष घलेले अन्य देशका सम्बन्धमा गरिएको अाग्रह पनि अागामी दिनमा सम्बोधन हुने बिश्वास ब्यक्त गरे ।

साथै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका संस्थापक भीम उदास म्यानमारका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाइ समेत दिएका छन् । संयुक्त राष्ट्रसंघका अवाकाशप्राप्त उच्च अधिकारी उदास गैरआवासीय नेपाली संघका संस्थापक अभियन्ता हुन् ।

सरकारले सोमबार विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?