Comments Add Comment

स्वप्न दोषः कसरी छुटकारा पाउने ?

किशोरवस्थामा हुने विभिन्न शारीरिक परिवर्तन र यौनिक प्रक्रिया चिन्ताको बिषय बन्ने गर्छ । किशोरहरु यौनका सम्बन्धमा स्पष्ट हुँदैनन् । उनीहरुभित्र अनेकन जिज्ञासा गुम्सिएर रहेको हुन्छ । त्यसैले आफ्नो शारीरिक परिवर्तनलाई समेत उनीहरु सहज रुपमा आत्मसात गरिरहेका हुँदैनन् ।

किशोरवयमा स्वप्न दोष हुनसक्छ, यो सामन्य हो । अक्सर किशोर यहिं प्रक्रियाबाट गुजि्रएका हुन्छन्, खासगरी अबिवाहित अवस्थामा ।

थाहै नपाई बिर्य स्खलन हुन्छ । सामन्यत यो आफै ठीक हुन्छ । तर, यो नियमित रुपमा भइरह्यो भने त्यसको उपचार आवश्यक हुन्छ ।

किन हुन्छ ?

किशोरवयमा यौनसँग सम्बन्धित थुप्रै जिज्ञासा हुन्छ, जसबारे उनीहरु स्पष्ट हुँदैनन् । यौनक्रिया, यौनाङ्ग आदिको बिषयमा उनीहरुमा कौतुहलता हुन्छ । त्यही बिषयमा उनीहरु घोत्लिन्छन्, कल्पना गर्छन् । यसरी यौनको बिषयमा गहिरिएर सोचेको कुरा राती सपनामा पनि देख्न पुग्छन् । र, स्वप्न दोष हुनसक्छ । यसैले यौनको बारेमा लगातार सोच्नु भनेको स्वप्न दोषलाई आमन्त्रण गर्नु पनि हो ।

कसरी छुटकारा पाउने ?

–   यौनको बिषयमा गहिरिएर कल्पना नगरौं । यौनको बिषयमा साथीहरुसँग खुलेर कुराकानी गरौं । मनको जिज्ञासा शान्त पारौं ।

–   मनोरञ्जनमा आफुलाई भुलाउने प्रयास गरौं ।

–   राम्रो फिल्म हेर्ने, पुस्तक पढ्ने गरौ । यसले मस्तिष्क स्वास्थ्य हुन्छ ।

केहि घरेलु बिधी

– राती सुत्नुअघि लसुनको एक केस्रा पानीसँग पिउने गर्नुपर्छ ।

–   ६० ग्राम पानी भरेर त्यसमा २० ग्राम अमला पाउडर भिजाइदिने । १२ घण्टा पछि पानी छानेर त्यसमा एक ग्राम बेसार मिसाउने । यसलाई नियमित रुपमा सेवन गर्नुपर्छ ।

–   अनारको बोक्रा पिसेर विहान बेलुकी पाँच ग्राम सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment