Comments Add Comment

फिटनेस मन्त्रः बिहान कसरी दौडने ?

बिहान-बिहान दौडनु अन्य व्यायम गरे बराबर हुन्छ । कतिपय अवस्थामा त दौडनु वा छिटो छिटो हिड्नु नै सर्बोत्तम हुन्छ । खासगरी दीर्घ रोगीहरु, जसले कडा व्यायम गर्न हुँदैन उनीहरु दौडनु पर्छ । तर दौडने पनि तरिका हुन्छ । कसरी दौडदा बढी लाभदायक हुन्छ त ?

–     बिहान उठेर मन तातो पानी पिउने । शौच क्रिया सकेपछि मात्र दौडनका लागि तयार हुनुपर्छ ।

–     दौडनुअघि शरीरलाई दाँया-वाँया मर्काउने, हात खुट्टा चलाउने जस्ता गतिबिधी गरौं ।

–     दौडको प्रारम्भ धिमा गतिमा गर्नुपर्छ । बिस्तारै र हल्कासँग दौडने अभ्यास गरौं ।

–     अरुको देखासेखीमा छिटो दौडने प्रयास नगरौं ।

–     सुरुको पाँच मिनेट धिमा गतिमा र बाँकी पाँच मिनेट तिब्र गतिमा दौडने अभ्यास गर्नुपर्छ ।

–     दौडने क्रममा आफ्नो श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्नुपर्छ । तर, यो सुरुवाती दिनहरुमा गर्न सकिदैन, बिस्तारै अभ्यास गर्दै जाने हो ।

–     दौडने क्रममा लामो सास लिने, एक सेकेन्ड रोक्ने र छाड्ने । यो क्रम केहि समय दोहोर्‍याउन सकिन्छ ।

–     दौड्ने क्रममा आफ्नो पैतलाको चाल सुन्नुहोस् । यदि त्यो आवाज सुनिन्छ भने तपाई जोड-जोडले दौडनु भएको बुझिन्छ, आफ्नो खुट्टाको प्रयोग कोमलतासँग गर्नुहोस् ।

–     दौडनका लागि एकदमै सजिलो जुत्ता लगाउनुपर्छ । पहिरन हल्का र खुला हुनुपर्छ ।

–     दौडनु सुरु गरेको हरेक दश मिनेटमा थोरै पानी पिउने ।

–     २०, ३० मिनेट दौडिएपछि केहि प्रोटिनयुक्त खानेकुरा सेवन गरौं ।

–     दश-पन्ध्र मिनेट दौडिएपछि जगिङ सुरु गर्न सकिन्छ ।

–     आफ्नो दौडलाइए थप प्रभावकारी बनाउन स्ट्रेन्थ ट्रेनिङ गर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment