Comments Add Comment

‘कमलेको बिहे’कालागि अनुपले ११ केजी तौल घटाए

 

‘ह्यान्डसम भिलेन’को उपनामले चिनिन्छन्, अनुप विक्रम शाही । तर, अनुप नायकको रुपमा पनि चलचित्रमा जमिरहेका छन् । उनै, अनुप यतिबेला चलचित्र ‘कमलेको बिहे’को छायांकनका लागि डडेल्धुरामा छन् । यो चलचित्रको छायांकन सुरु भएको करिब १० दिन भयो । तर, चलचित्रको ५० प्रतिशत बढी काम सकिएको छ ।

चलचित्रलाई प्रशन्न पौडेलले निर्देशन गरिरहेका छन् । विदुर पाण्डे चलचित्रका छायांकार हुन् । चलचित्रको शिर्ष भूमिकामा अभिनय गर्नका लागि अनुपले ११ केजी तौल घटाएको बताएका छन् । डडेल्धुराबाट अनलाइनखबरसँग फोनमा कुरा गर्दै अनुपले भने-‘चलचित्रको कथाको माग अनुसार मैले ११ केजी घटाएको हुँ । यसका लागि मैले आफ्नो खानेकुरामा विशेष ध्यान दिएँ ।’

विशुद्ध गाउँले परिवेशको कथामा यो चलचित्र बनिरहेको उनले बताए । ‘कमले’ नाम गरेको पात्रको चरित्रमा देखिनका लागि अनुपले यो मिहिनेत गरेका हुन् । यो चलचित्रमा अनुपलाई मोडल सन्ध्या केसीले साथ दिएकी छिन् । दिपक बिष्ट गौलीको निर्माणमा यो चलचित्र बनिरहेको छ । मुभिज क्रियशनल प्रालीको ब्यानरमा बनिरहेको चलचित्रको प्रोडक्शन कन्ट्रेलर प्रकाश हमाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment