Comments Add Comment

मुटुरोग विशेषज्ञ रोशन राउत भन्छन्, ‘यस्तो अवस्थामा हुनसक्छ अचानक मृत्यु ‘

किन र कसरी रोकिन्छ मुटुको चाल ?


भक्तपुरको गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा भएको एउटा घटना निकै विवादित बन्यो । घटना यस्तो थियो, सामान्य छाती दुखेको निहुँमा अस्पताल भर्ना भएकी ३८ बषिर्य उषा बस्नेतको अनपेक्षित मृत्यु भयो ।

दोलाखा भीमेश्वर नगरपालिका- ५ की उनी गट्ठाघरमै बसोबास गरिरहेकी थिइन् । सामान्य अवस्थामा अस्पताल गएकी उनको उपचारकै क्रममा मृत्यु भएपछि ठूलै हंगमा मच्चियो । मृत्तकको आफन्तले ‘उपचारमा गंभिर लापरबाही’ भएको आरोप लगाए । यता अस्पतालले आफ्नो गल्ती नभएको जिकिर गरे ।

वास्तविकता जे भएपनि, अनपेक्षित मृत्युलाई कसैले सहजै पचाउन सक्दैन । सामन्य अवस्थामा भएका, हिँडडुल  गरिरहेका, कुनै रोग नलागेका व्यक्तिको अस्पतालमा भर्ना हुनसाथ मृत्यु हुन्छ भने त्यसमा शंका गर्ने ठाउँ रहन्छ । त्यो स्वभाविक पनि हो ।

अस्पताल प्रशासनको दावीलाई पत्याउने हो भने, उनको मृत्यु उपचारको लापरबाहीले होइन, अचानक मुटुको गति रोकिएर भएको हो । यसले चिकित्सकिय भाषामा ‘सडन कार्डियक अरेस्ट’ भनिन्छ ।

उल्लेखित घटनालाई यहाँ  प्रसंगवस् मात्र उल्लेख गरिएको हो ।

यदि कसैको अचानक एवं अनपेक्षित मृत्यु हुन्छ भने त्यसको कारण हुनसक्छ, ‘सडन कार्डियक अरेस्ट ।’ यो भनेको अचानक मुटुको गति रोकिनु हो । यस्तो समस्या जो कोहिलाई हुनसक्छ ।

यो कति खतरनाक ?

अचानक मुटुको गति रोकिने समस्या एकदमै जटिल एवं खतरनाक हुनसक्छ । चिकित्सकहरुको भनाईमा ‘यस्तो लक्षण देखिएको एक घण्टाभित्रमा रोगीको ज्यान जान सक्छ ।’

किन अचानक बन्द हुन्छ मुटुको चाल ?

मुटुको चालमा एक्कासी बढोत्तरी भएर मुटुले रगत पम्प गर्न नसकेको अवस्था हो यो । यस्तो अवस्थामा मुटुको चाल बन्द हुन्छ ।

सामान्य अवस्थामा एक मिनेटमा मुटुको चाल ६० देखि १०० सम्म हुन्छ । तर कहिले कहिँ मुटुको चाल ३ सय वा ४ सय भइदिदा मुटुले राम्ररी पम्प गर्न पाउादैन । यस्तो अवस्थामा मुटुले काम गर्न असमर्थ हुन्छ । यसैलाई सडन कार्डियाक डेथ वा अरेष्ट भनिन्छ ।

कसलाई हुनसक्छ ?

-यदी कुनै मानिसलाई पहिले नै हृदयघात भैसकेको छ र मुटुको पम्प गर्ने क्षमता कम छ भने

-यदी परिवारमा कसैको कम उमेरमै एक्कासी मृत्यु भएको छ भने

-यदी कुनै मानिसको जन्मजातै मुटुमा समस्या छ भने

-मुटुको मांसपेशीमा मुटुको चाल बढी गराउने अवस्था छ भने पनि त्यस्ता मानिसहरुलाई सडक कार्डियाक डेथ हुने सम्भावना बढी हुने गर्छ ।

कसरी बच्ने ?

इसिजी मुटुको सामान्य परिक्षण हो तर पनि यस जाँचबाट  कतिपय यस्तो रोगबारे जानकारी पाउन सकिन्छ ।

यस्ता जोखिमबाट बच्नको लागि मानिसहरुलाई विशेष प्रकारको पेस मेकरको आवश्यक्ता पर्न सक्छ । मुटुको चाल अत्याधिक मात्रामा बढी भएर ज्यानै जाने खतरा भएमा आइसीडी नामक पेशमेकर राखेको खण्डमा यसले मुटुमा स्वतः करेन्ट प्रवाह गर्दछ र मानिसलाई बचाउँछ  ।

आइसीडीका उपयोगिता

यदी हामीले आइसिडी नराखेको खण्डमा त्यस्ता जोखिम भएका मानिसमध्ये २० जनामध्ये १९ जनाको ज्यान जाने खतरा बढी हुन्छ । उनीहरुलाई बचाउन सकिदैन ।

यस्ता विरामीको २-३ मिनेट भित्रमै ज्यान जाने खतरा बढी हुने भएकोले उनीहरुलाई अस्पताल समेत पुर्‍याउन सकिदैन । तर आइसिडी राखेको खण्डमा कार्डियाक डेथको सम्भावना भएको २० जना मध्य १९ जना मानिसलाई उसको ज्यान बचाउन सकिन्छ ।

लक्षण र चुनौती

संसारमा जतिपनि मानिसहरुको सडन कार्डियाक डेथका कारण मृत्यु भएको छ त्यसमा ५० प्रतिशत मानिसको कुनै जोखिम तत्व थाहा हाुदैन । सुरुवाती अवस्थामा जाँचका क्रममा उनीहरुमा कुनै रोगका लक्षण देखा पर्दैन ।

यस अर्थमा आइसिडी त्यस्ता व्यत्तिमा राखिन्छ, जसको जोखिम तत्व थाहा हुन्छ । सामान्यतयाः सडन कार्डियाक अरेस्ट ८० प्रतिशत हृदयघातका कारण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment