+

तपाईलाई यस्तो समस्या त छैन ? यी हुन् लक्षण र उपचार

२०७४ साउन  २४ गते १४:१२ २०७४ साउन २४ गते १४:१२
Shares
तपाईलाई यस्तो समस्या त छैन ? यी हुन् लक्षण र उपचार

अहिले धेरैको समस्या हो, नसा च्यापिने । यो आफैमा रोग होइन । यद्यपी यसले समस्या भने निम्त्याउँछ । ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांशपेशी तथा नसाको कमजोरीले उत्पन्न हुने यन्त्रिक समस्या हो ।

कसरी थाहा पाउने नसा च्यापिएको ?

तपाईको बसाई स्थिती एवं बस्ने आसन मूल कारण हो, नसा च्यापिनुको । त्यस्तै अनियमित दिनचार्य तथा ढाडको हेरचाहको कमीको यस्तो समस्या आउँछ । कुन-कुन अवस्थामा नसा च्यापिन सक्छ ?

– अचानक झुक्ने, भारी वस्तु उठाउने ।

– गलत तरिकाले उठ्ने, वस्ने, हिड्ने ।

– व्यायम नगर्ने ।

– अग्लो हिल भएको जुत्ता चप्पल लगाउने ।

– खाल्डाखुल्डी बाटोमा वाइक चलाउने ।

– कुप्रो परेर लामो समय कुर्सीमा बस्ने ।

उल्लेखित शारीरिक कारणले नसा च्यापिन सक्छ । त्यसबाहेक यसको अरु कारण पनि छन् । सुर्तीजन्य वस्तु सेवन, धुमपान, मानसिक तनाव, डर चिन्ता, तनावग्रस्त पेशामा संलग्न पेशाकर्मीहरु जस्तै, डाक्टर, पुलिस, एक्ज्युकेटिभ, बैंकर्सहरु यो समस्यका जोखिममा छन् ।

को जोखिममा ?

धेरै वच्चा जन्माएकी आमा, मोटा तथा भूँडी लागेका व्यक्ति, व्यायायम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेहरुमा यसको शिकार हुनसक्छन् ।

खराव जीवनशैलीको कारण डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ । फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठाँउ छाडेर नसा च्याप्न पुग्छ ।

प्यारालाइसिस हुनसक्छ

नसा च्यापिदा मूख्यतः नसाको क्रिया अवरुद्ध हुन जादा कम्मर दुख्छ । च्यापिएको नसा गएको खुट्टा वा हात तिर दुख्छ ।

हात-खुट्टा निदाउने, झमझमाउने, लाटो हुने र विस्तारै हात-खुट्टा तथा ढाँड चलाउन नसकिने, ढाडमा असहनिय पिडा हुने, उठ्दा बस्दा, हिड्दा, खोक्दा र हाच्छिउ गर्दा ढाड र हात-खुट्टा दुख्ने गर्छ ।

समस्या वढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हात-खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ ।

समस्या गम्भिर भए मल-मुत्र विसर्जनमै समस्या (क्वाडा ईक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरून्त आपतकालिन व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

के छ उपचार

– नसा च्यापिएका रोगीहरु मध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगहरुलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, आपतकालिन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो ।

– शल्यक्रिया गराउनु पर्नेर् अवस्थामा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ । प्राकृतिक उपचारमा विशेषतः पूर्ण वेड रेष्टका साथ फिजियो थेरापीका विद्युतिय उपकरणहरुले गरिने उपचारहरु आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाई आदि दिएर दुखाई कम गराईन्छ ।

– अकुपञ्चर तथा अकुप्रेसर जस्ता चाइनिज उपचार पद्धतीले पनि यो रोगमा र्फइदा पुर्‍याउँछ । यी विधीले दुखाईमा राहत पुर्‍याउनका साथै हड्डी, डिस्क र लिगामेण्टको घाउँ निको पारी च्यापिएको नसा छुटाउन सहयोग गर्छ ।

– ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टीयोपेथि, काइरोप्रँक्टिस् जस्ता उपचार पद्धतीले दुखाई कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्दछ । दुखाई कम भएपछि विरामीलाई ढाडका व्यायम, योग आसनहरु सिकाइन्छ जसले मेरुदण्ड र आसपासका तन्तुहरुलाई मजवुद वनाउछ र फेरी यहि समस्या दोहोरिन दिदैन ।

सावधानी

१. नियमित रुपमा व्यायम गर्ने बानी बसालौ, अंग व्यायम, मेरुदण्ड व्याययम, शिथिलिकरण व्याययम, मर्निङ वाक जस्ता व्याययमले शरीरका हाड तथा जोर्नीहरुलाई मजवुद वनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्‍याउँछ । श्रम र व्यायमवाट पन्छिने नगरौ ।

२. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नवसौ, वस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दवाव दिएर नवसौं । एउटै पोजिसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्य हुन सक्छ

३. सामान वा भारी वस्तु उठाउदा सावधानी अपनाऔ । बलपूर्वक भारी उठाउने नगरौं ।

४. अग्लो हिल जुत्ता वा चप्पलको प्रयोग नगरौं ।

५. उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिडौं ।

७ अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरवाट नझुकौ । निहुरिएर गर्नुपर्ने कुनैपनि काम गर्नु पर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी विस्तारै उठाउनुपर्छ ।

८. खोक्दा वा हाच्छि्यु गर्दा भित्ता वा टेवुलको साहायता लिनुपर्छ ।

९ं शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौं । विशेषत पेटलाई वढ्न नदिऔं यसले ढाडमा अतिरित्त दवाव दिन्छ ।

१० गद्दा, फोम जस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौ । स्पि्रङ भएको लचकदार झोलुङ्गे ओछ्यान वढी आरमदायक भएपनि ढाडको लागि राम्रो होइन ।

११. साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन । सामन्यतः एक इन्च जति बाक्लो कपासको विछ्यौनामा सुत्नु ढाडको लागी राम्रो हो ।

१२. सुत्दा सिधा सुत्ने वानी वसालौ । घोप्टो वा कोल्टे भन्दा उत्तानो सुत्नु नै ढाडको लागि राम्रो हो । नसा च्यापिई सके पछि भने खुट्टा खुम्च्याएर सजिलको हुने गरी गोडा मुनि तकिया राखेर सुतै । सिर्‍हानी काधको लम्वाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ ।

१३. लामो समयसम्म उभिरहने वा वसिरहने नगरौं । गर्नैपर्ने भएमा बिचबिचमा अवस्था परीवर्तन गरिरहनु होला । उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टा भन्दा ६ इन्च जति माथि कुनै वस्तुको आड लिइ राखौ ।

१४. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर वस्ने गरौं । ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ब्याक रेष्टका प्रयोग गर्ने गरौं ।

१५. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाऔं । हिड्दा ढाडको वेल्ट वा घाटीको कलर लगाऔं ।

१६. हिँड्दा बुढो मान्छे जस्तो कुप्रेर होइन, बहादुर जस्तो छाती खोलेर हिँडौं ।

 

नसा च्यापिने
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय