Comments Add Comment

‘मेला’मा अशिष्माको प्रेम आमेष र सलोनसँग


नायक सलोन बस्नेतको क्रेज अहिले दिनहुँ बढिरहेको छ । विशेषगरि, स्टार भन्दा पनि कलाकारको रुपमा सलोनको क्रेज बढेको हो । उनै, सलोनको निकै चटपटे संवादहरु प्रयोग गरिएको चलचित्र ‘मेला’को ट्रेलर रिलिज भएको छ । कात्तिक २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मित्रता, प्रेम, विछोड देखाइएको छ ।

बसन्त निरौलाले निर्देशन गरेको चलचित्रको ट्रेलरले छोटो समयमा यूटुबमा राम्रो दर्शक पनि पाएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्रमा हरि पन्तको कथा, पटकथा, संवाद र सह-निर्देशन छ ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, पवित्रा आचार्यको नृत्य निर्देशन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, मनोज के मरोडियाको लगानी, हरि पन्तको प्रस्तुती छ । चलचित्रको ट्रेलरले हलसम्म दर्शक तान्न सक्ने देखिएको छ । सलोनको कमेडी क्रेज, आमेष र अशिष्माको प्रेमले चलचित्रलाई व्यापारिक रुपमा सफल बनाउने कुरालाई पनि नकार्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment